मदन गनथन
संजय काउछा
अस्त्तित्व छैन
मेरो यहाँ
मुना,
तिम्रो यो “मदन” को
आधुनिक यो भोट मा
स्वाभिमान छैन , अभिमान छैन
र छैन कुनै अस्त्तित्ब ।
एउटा आउँछ, फुटबल बनाउँछ
अर्को आउँछ , भलिबल बनाउँछ
एउटा आउँछ , टेनिस बनाउँछ
अर्को आउँछ , बैेसबल बनाउँछ ,
म,
लाचार,
बनिदिन्छु , तिनीहरु जे जे बनाउँछन्
किनकी,
तिम्रो यो “मदन” को
आधुनिक यो भोट मा
स्वाभिमान छैन , अभिमान छैन
र छैन कुनै अस्त्तित्ब ।
एउटा आउँछ, कुद भन्छ
अर्को आउँछ , बस भन्छ
एउटा आउँछ ,उठ भन्छ
अर्को आउँछ , सुत भन्छ ,
म,
लाचार,
गरिदिन्छु , तिनीहरु जे जे भन्छन्
किनकी,
तिम्रो यो “मदन” को
आधुनिक यो भोट मा
स्वाभिमान छैन , अभिमान छैन
र छैन कुनै अस्त्तित्ब ।
तिमीले ,
सबारी होइस्योस भनेर
मायाले बोलाउने
तिम्रो यो लावण्य देशको राजालाइ
एउटा आउँछ र चर्को आवाजमा
‘सेक्या इरिवा’
भनेर चिच्याउँछ ।
म ,
लाचार,
गैदिन्छु , तिनीहरु जता जता बोलाउँछन्
किनकी,
तिम्रो यो “मदन” को
आधुनिक यो भोट मा
स्वाभिमान छैन , अभिमान छैन
र छैन कुनै अस्त्तित्ब ।
तर पनि मुना,
मेरा स्वाभिमान , अभिमान
र मेरा अस्त्तित्व
तिम्रो मायामा बचाइरहेको छु,
र बाँचेको छु यहाँ ।
तिम्रो मायामा बाँचेको छु ।
तिम्रो यादमा बाँचेको छु ।
कहिले काहीँ
सोजु मातेको शनिबार साँझ
तिम्रो याद र तिम्रो सम्झनाले
छपक्कै छोपेर ल्याउँछ मलाइ ।
अनि,
निस्कन्छु , बजार तिर
र भौंतारिहिड्छु
खोज्दै हरेक नारी अनुहारमा
तिम्रै बदामी आँखा, डिम्पल गाला
र सुनकेस्रा ओँठ ।
बेहोशीमै
पुगिदिन्छु
पुतली सडक ।
पुतली सडकको
दायाँ बाँया, असरल्ल फैलिएका
पुतली बजारमा
पारदर्शी काँच भित्रबाट
अर्धनग्न पुतलीहरु
आमन्त्रित गर्छन मलाइ ।
म पत्निब्रता मदन
अहँ वास्ता गर्दिन ।
तर,
तिम्रै बदामी आँखा
तिम्रै डिम्पल गाला , र
तिम्रै सुनकेस्रा ओँठ , लिएर बसेकी
एउटी पुतली , लोभ्याउँछे मलाइ ।
तिम्रो माया, तिम्रो तिर्सना
तिम्रो सामिप्यता, तिम्रो सम्झना
उसमा मेट्न, छिरिदिन्छु ,
उ संगै शयनकक्ष ।
तर ,
यो पुतली
यो गणिका
यो नगरबधु
तिमी हुन सक्दिने ।
मेरो हात बाट , जबरजस्ती
३ मान लिएर , मेरो अघि
निर्लज्ज नांगिदिन्छैे ,र
पाल्ली पाल्ली भन्दै
अर्धस्खलित मलाइ
हातमा एउटा टनिक थमाएर
बाहिर धपाउँछे ।
म,
लाचार,
अर्धस्खलित निस्किदिन्छु ।
किनकी,
तिम्रो यो “मदन” को
आधुनिक यो भोट मा
स्वाभिमान छैन , अभिमान छैन
र छैन कुनै अस्त्तित्ब ।
८ फेब्रुअरी १७
दक्षिण कोरिया