नेपाल तामाङ संघ दक्षिण कोरियाको नवौं अधिवेशनको तयारी पूरा
नेपाल तामाङ संघ दक्षिण कोरियाको नवौं अधिवेशनको तयारी पूरा भएको छ । मे ६ तारिख आइतबार सउलको नेपाल हाउसमा हुने कार्यक्रममा सहभागी हुन सबै कोरियाबासी तामाङहरुलाई आयोजकले आग्रह गरेको छ ।
‘न्याय समानता, जातीय पहिचान सहितको संघीयता : संरक्षण सम्वद्र्धन गर्नु छ, भाषा, धर्म, संस्कार र साँस्कृतिक’ सम्पदा भन्ने मूल नाराका साथमा कार्यक्रम भब्य रुपमा हुने तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष उइना सिंह वाइवाले बताए । ‘हामी कोरियाको पुरानो संस्थाहरु मध्येमा हौ । विगतमा पनि राम्रो कार्यक्रमहरु गरि सकेका छौ । त्यसैले यस पटक पनि सभ्य र भब्य कार्यक्रम हुने विस्वास गरेका छौ । कोरियामा हुने सबै तामाङहरु उपस्थित भई सल्लाह सुझाब दिन र नयाँ नेतृत्व चयन गर्न आग्रह गर्छु ।’
‘अधिवेशन दिनको १२ बजे सुरु हुन्छ । ठीक समयमा सबै उपस्थित भैदिन आग्रह गर्छौ ।’ तामाङ संघ दक्षिण कोरियाका महासचिब मेघ प्रसाद वाईवाले भने ।
तामाङ संघ दक्षिण कोरियाको स्थापना २००३ मा भएको हो । स्थापनाकाल देखि नै संघले बिभिन्न सामाजिक कार्य गर्दै आइ रहेको छ ।