गजेदोमा ‘दोस्रो डेउ कप फुटबल प्रतियोगिता -२०१८’ हुँदै
कोरियाको दक्षिणी भू-भागमा अबस्थित अति सुन्दर रमणीय क्षेत्र गजेदोमा यहि आउदो मे ६ तारीख आइतबारका सर्वाधिक धनराशी रहेको ‘दोस्रो डेउ कप फुटबल प्रतियोगिता’को आयोजना गरिने भएको छ । डेउ नेपाली एकता समाज र डेउ फुटबल क्लबको संयुक्त आयोजनामा हुन लागेको उक्त फुटबल प्रतियोगितामा नेपाली राजदुतावास सउलका काउन्सिलर श्रम-सहचारी डिल्लीराम बाँस्तोला प्रमुख अतिथिको रुपमा सहभागी हुने भएका छन् ।
प्रतियोगितामा कोरियाका चिरपरिचित १४ वटा नेपाली फुटबल क्लबहरुको सहभागिता रहने छ। प्रतियोगितामा प्रथम हुने समूहलाई ट्रफी सहित ३५ लाख वन र दोस्रो हुने समूहलाई २० लाख वन पुरस्कार राशी प्रदान गरिने आयोजकले जनाएको छ ।
उक्त प्रतियोगितामा गजे, बुसान, किम्हे, मासन लगायतका क्षेत्रमा कार्यरत सम्पुर्ण नेपालीहरु उपस्थित भइ खेलाडीलाई हौसला प्रदान गर्नुका साथै कार्यक्रम को शोभा बढाएर भव्यरुपमा कार्यक्रम सफल पार्न सबै संग मुल आयोजक कमिटी एबम संयोजक चन्द्र कुबिर लिङ्देनले हार्दिक अनुरोध गरेका छन् । यस प्रतियोगिताको मुख्य प्रायोजन लुम्बिनी रेष्टुरा एण्ड बार रहेको छ।
स्थान – आजु उन्दोङ जाङ नाम्मुन गजेदो, दक्षिण कोरिया
समय – बिहान ०८ बजे देखी बेलुकी ०५ बजे सम्म
संयोजक – चन्द्र कुबिर लिङ्देन
“दोस्रो डेउ कप फूटबल प्रतियोगिता-२०१८ ” मुल आयोजक कमिटी