Advertisement
SKIP THIS

सानो मिल्ती खोला हाइड्रोपावरको प्रगति बिबरणकाे जानकारी दिन काेरियामा भेटघाट कार्यक्रम गर्दै।


दक्षिण कोरियामा कार्यरत नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरको अधिकांश कार्यहरु सम्पन्न भएका छन। अायाेजनाकाे बारेमा जानकारी  दिन काेरियामा शेयर सदस्य बीचमा भेटघाट कार्यक्रमकाे अायाेजना गरिएकाे छ। यहि मे महिनाकाे १३ तारिख सुवनमा भेटघाट कार्यक्रमकाे अायाेजना गरिएकाे जानकारी  सानाे मिल्ती खाेला  अायाेजनाका अध्यक्ष सुरेश  लिम्बुले बताए।

झण्डै ५२ करोडको कुल लागतमा सम्पन्न हुने यस आयोजनामा राष्ट्रिय बाणिज्य बैंकले ३० करोड ७९लाख ॠण लगानी गर्ने सम्झौतामा हालै हस्ताक्षर गरिएको छ।

यस अघि कोरियामा कार्यरत नेपालीहरुले एस एम इन्भेष्टमेण्ट कम्पनी मार्फत १२ करोड रुपैयाँ संकलन गरेर आयोजनाको निर्माण कार्य सुरु गरेका थिए।कम्पनी लाई आवाश्यक ९ करोड रुपैयाँ पनि दक्षिण कोरियामा रहने नेपालीहरु मार्फत संकलन गरी आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको एस एम इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कपिल न्यौपानेले जानकारी गराउनुभएको छ।

एक बर्ष अघि आयोजनाको निर्माणको लागी थोदुङ एण्ड वाईवा जे,भी, मार्फत निर्माण कार्य थालनी गरी आयोजना स्थल जाने बाटो निर्माण सम्पन्न गरी हाल बाँध बाँध्ने स्थलको लागी आवाश्यक निर्माण सामग्री कंक्रिट प्लान्ट जडान भैरहेको र नहरको लागी बेस तयार गरीदै रहेको जनाईएको छ।

आगामी डेढ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य अनुरुप कार्य भैरहेको आयोजनाको विद्युत उत्पादन पश्चात दोलखाको किर्नेटार शव स्तेशन मार्फत राष्ट्रिय प्रशारणमा जोडिनेछ। आयोजनाका अध्यक्ष शुरेश लिम्बुका अनुसार बिदेशमा बस्ने नेपालीहरुको निम्ति यो आयोजना एउटा नमुना कार्य रहेको र यस आयोजना लाई द्रुत गतिमा सम्पन्न गरे पश्चात तत्काल अन्य ठुला आयोजनाको पनि निर्माण गर्ने तयारी रहेको छ।

स्मरण रहोस कोरियामा बस्ने नेपालीहरुको लगानीमा निर्माण हुने यस आयोजना लाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको सुचीमा राखेको छ। अधिकांश लगानीकर्ताहरु कोरियामै रहेको हुनाले लगानिकर्ताहरु माझ आयोजनाको प्रगति विवरण जानकारी गराई आवश्यक छलफलको लागी आयोजनाका अध्यक्ष शुरेश लिम्बुको टोली हाल कोरिया भ्रमणमा रहेको जनाईएको छ। आयोजनाले आफ्ना लगानीकर्ताहरुलाई भेटघाटको निम्ति कोरियाका विभिन्न शहरहरुमा कार्यक्रम राखिएको बताइएको छ।

मिति :१३ मे २०१८

स्थान :मिसान सिजाङको सभाहल (स्वयम्भु रेष्टुरेन्ट नजीक) गेट न 9 बाट निस्किने

थप जानकारीको लागि :शुशिल मैनाली 01075999192, सन्तोष श्रेष्ठ 01050490532, सुरज केसी 01056444877

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...