याक्थुङ चुम्लुङ कोरियाले १८ औँ वार्षिकोत्सब मनाउदै
टंकेश लिम्वू
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आउने आइतवार मे १३ तारिखका दिन आफ्नो १८ औ वार्षिक उत्सव भव्य रूपमा मनाउने भएको छ । कार्यक्रम आन्सान स्थित ट्रेन लाइन नं ४ को 초지 역,안산시 단언구초지등-677 मा मनाइने भएको छ । कार्यक्रममा लिम्वू समुदायसंग सम्वन्धित च्याब्रुगं नाच, धान नाच,हाक्पारे ख्याली पालाम, लिम्बू पोषाक तागाबा मेख्लि, लिम्बू मौलिक परिकारहरू कार्यक्रमको आकर्षण रहने छ।
साथै विभिन्न साँस्कृतिक कार्यक्रम र परम्परागत खेल छेलो हान्ने खेल कार्यक्रमको प्रमुख आकर्षण रहने याक्थुङ चुम्लुङ कोरियाका अध्यक्ष शुन्दरदीप आङ्देम्बेले बताएका छन । कार्यक्रममा सिलाम साक्मा प्रिन्टेड टि-सर्ट पनि वितरण गरिने छ । कार्यक्रमको तयारि अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
कोरियामा विभिन्न ठाउमा छरिएर रहेका लिम्बू तथा गैर लिम्बू दाजु भाइ तथा दिदि वहिनिहरूलाइ कार्यक्रममा उपस्थिति हुन किरात याक्थुङ चुम्लुङ कोरियाले अनुरोध गरेको छ । कार्यक्रममा उपस्थितिको लागी कोरियामा रहेका विभिन्न संघ सस्था,मिडियाकर्मि,वुद्दिजिविहरूलाइ पत्र पठाइ सकिएको हुदा यदि विभिन्न कारणवस पत्र प्राप्त नभएमा यसै समाचारलाइ आधारमानि उपस्थिति हुन किरात याक्थुङ चुम्लुङ कोरियाले अनुरोध गरेको छ।
कार्यक्रम यस अघि अप्रिल २९ तारिखमै मनाउने भनिएता पनि विभिन्न प्राविधिक समस्याको कारण कार्यक्रमको मिती सारिएको थियो ।
कार्यक्रमको जानकारि
मिती: २०१८ मे १३ आइतबार
समय:दिनको ठिक १२ बजेदेखि
स्थान र जाने तरिका: ट्रेन लाइन नं ४ 초지 역,경기 안산시 초지동 667�विस्तृत जानकारिको लागी
शुन्दरदीप आङ्देम्बे ०१०२६९३८६०६
मिराक लिम्बू ०१०२७७६८८२५