सानो मिल्ती हाइड्रो पावर आगामी डेड वर्षमा सम्पन्न हुने


दक्षिण कोरियामा रहेका नेपालीको लगानीमा निर्माणाधीन सानो मिल्ती हाइड्रो पावर आगामी डेड वर्षमा सम्पन्न हुने आयोजनाले जनाएको छ ।

आयॊजनाको प्रगति बिबरणबारे जानकारी गराउन दक्षिण कोरियाको सुवन सिटिमा आयॊजना गरिएको सरोकारवाला बिचको अन्तरक्रियामा बोल्दै अध्यक्ष्य सुरेश लिम्बुले सो जानकारी गराएका हुन् ।

मुख्य साझेदार रहेको रास्ट्रीय बाणिज्य बैंकसंग सम्झौता हस्ताक्षर भैसकेको र पुर्बाधार निर्माणको काम पनि तिब्र गतिमा भैरहेकोले लगानी कर्तालाई ढुक्क हुन आग्रह गर्दै अध्यक्ष लिम्बुले यो आयोजना उदाहरनिय हुने दाबि गरे ।

रु. ५२ करोड कुल लागत रहेको आयोजनामा बैंकले ६० प्रतिसत व्यहोर्ने र ४० प्रतिसत शेयर होल्डरबाट जम्मा गर्नुपर्ने भएकोले अपुग आठ करोड रकम संकलनका लागि अन्तरक्रियाको आयोजना गरिएको अध्यक्ष्य लिम्बुको भनाइ छ ।

आजसम्मको प्रगति बिबरण सार्बजनिक गर्दै एस एम इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कपिल न्यौपानेले कानुनि तथा प्रक्रियागत जटिलताका कारण आयोजना निर्माणमा केहि ढिलाई भए पनि अब कुनै कठिनाइ बाकि नरहेको बताए । साझेदार बैंक संगको सम्झौता अनुसार लगानीकर्ताबाट पुर्याउनुपर्ने चालिस प्रतिसत मध्ये बाकि रकम संकलनका लागि लगानीकर्ता उत्साहित रहेको न्यौपानेले जानकारी दिए ।

इक्बिटी शेयरका लागि कोरियामा रहेका नेपालीहरुबिच विभिन्न शहरमा छलफल तथा अन्तर्कृया आयोजना गरिएको र लगानीकर्ताको लागि आबेदन पनि खुला गरिएको आयोजनाले जनाएकोछ ।

थोदुङ एण्ड वाईवा जे,भी कम्पनिद्वारा निर्माणाधीन आयोजनाको ट्रयाक रुट निर्माण सम्पन्न गरी हाल बाँध स्थलका लागी कंक्रिट प्लान्ट जडान र नहर निर्माण भैरहेको छ । निर्माण सम्पन्न भएपछी दोलखाको किर्नेटार सब(स्टेशन मार्फत राष्ट्रिय प्रशारणमा जोडिने आयोजनाले जनाएको छ ।

बैदेशिक रोजगारबाट भित्रिने अधिकांश रकम अनुत्पादक क्षेत्रमा खर्च भैरहेको गुनासो आइरहेको बेला कोरियामा बस्ने नेपालीको सक्रियतामा नमुना काम हुन लागेको भन्दै सरकारले पनि उच्च प्रार्थमिकतामा राखेको जनाइएको छ ।
आयोजना सम्बन्धी बिस्तृत जानकारीका लागि सम्पर्क
अध्यक्ष सुरेस लिम्बू मोबाईल नम्बर ०१०(७३६४(८०९५
प्रबन्ध संचालक कपिल न्यौपाने ०१०(२१९६(९१७४

कार्यक्रम हुने स्थानहरु
बालाजी रेस्टुरेन्ट थेगु
मिति २० मे २०१८
सम्पर्क स् मानसिङ गुरुङ ०१०(३०४७(१९६०
सुशील मैनाली ०१०(७५९९(९१९२

पुनस्चस् निम्न स्थान बाट पनि आबेदन संकलन हुने ब्यहोरा जानकारी गराइन्छ ।
सुवन स् सुरज के सि ०१०(५६४४(४८७७
आन्सानस् सन्तोष श्रेष्ठ ०१०(५०४९(०५३२

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...