आमभञ्ज्याङ्मा आदिवासी जनजातीलाई तालिम
अशोक सुजन श्रेष्ठ
हेटौडा -नेपाल आदिवासी जनजाती महासंघ, आमभञ्ज्याङ्गले १५ दिने मुढा बनाउने तालिम असार ५ मा सम्पन्न गरेको छ । तालिममा तीन पुरुष र ८ महिलासहित १५ जना आदिवासी जनजातीको सहभागिता रहेको थियो ।
समापन कार्यक्रम आमभञ्ज्याङ्ग गाबिस सचिव युवराज पौडेलको प्रमुख आतिथ्य तथा नेपाली काग्रेसका आमभञ्ज्याङ्ग सभापती बलराम घिमिरेको बिशेष अतिथ्य रहेको थियो । तालिम समापनकै अबसरमा गाबिसका सचिव पौडेलले तालिममा सहभागीहरुलाई प्रमाणपत्र बितरण समेत बितरण गर्नुभएको थियो । कार्यक्रममा जनजाती महासंघ, आमभञ्ज्याङ्गका सहसचिव बिशम नगरकोटी, हरि घिमिरे लगाएतको आतिथ्य रहेको थियो ।
आर्थिक बर्ष २०७१/७२ मा आदिवासी जनजातिका लागि आमभञ्ज्याङ्ग गाबिसले एक लाख रुपौया बिनियोजन गरेको छ । जसमध्ये करिब ४० हजार रुपौयाको लागतमा तालिम गरिएको आदिवासी जनजाती महासंघ, आमभञ्ज्याङ्गका सचिव चन्द्रलाल महर्जनले जानकारी दिए । यसैगरि असार २० गतेदेखि कुसन तालिम गर्ने योजना बनाएको जनजाती महासंघ, आमभञ्ज्याङ्गले चाडै गाउास्तरीय जनजाती भेला गर्नेपनि जनाएको छ ।