Advertisement
SKIP THIS

#परदेशी छोरालाई आमाको मार्मिक पत्र#


मेरो बाबु!मेरो प्राण!!
म तिम्री आमा…✍️
जीवनको सबैभन्दा ठुलो प्रसव पीडा सहेर आफ्नो जीवनलाई खुकुरीको धारमा राखि जीवन मरणको दोशाधबाट नयाँ जिवनको अनुभूति गरेको दिन तिमीलाई यस धर्तिमा पाइला टेकाउन सफल भए। ती प्रसबको सारा पिडा भुलेर एउटी भाग्यमानी नारीको रूपमा आफुलाई उभ्याएको थिए।
जिवनमा म यति धेरै खुशी तब थिए जब तिमी मेरो काखमा रोहिरहेका थियौ।
अहिले त तिमी रोएको त के अनुहार मलिन बनाउँदा पनि मन चसक्क दुख्छ।
म त्यही आमा हुँ जो तिमी रुँदा तिम्रो आँशुहरु रोक्न बाढीको भेलसँग जुधेझैँ जुधिरहने,तिमीलाई भोक लाग्यो होला भनेर आफ्नो छाती चुसाउने, जाडाे भयो होला भनेर न्यानो बनाउने, तिमीलाई सानो बिमार लागेपनि आतिएर धामी झाँक्री देखि हस्पिटलसम्म देखाउने,डरले तिम्रा पाइलाहरु डगमगाउँदा हिम्मत दिने, मेरो छोरा भनेर सबैको सामु गर्वका साथ भन्ने तिम्रो आमा हुँ म छोरा ।
कसरी तिमीलाई जलमलले उर्वरायुक्त माटोझैँ उच्च उर्वर बनाउने बाहेकको तिम्रो बुबा र मेरो अर्को सपनै थिएन।
हाम्रो धड्किरहेको धड्कन हरपल तिम्रो लागि धड्किन्छ छोरा ।।
सकि नसकी आधा पेट खाएर भए पनि अनेकौँ समस्यालाई झेलेर भएपनि, ऋण र मेलापात गरेर भएपनि हामीले तिमीलाई कहिल्यै कुनै अभाब महसुस खड्किन दिएनौँ।
ऐस आराममा सुख र सम्पन्नताले त हुर्काउन बढाउन सकिनौँ होला तर हामीले तिम्रो उज्ज्वल भबिष्यको निम्ति कुनै कसर बाँकि राखेनौँ।
तिम्रो खुलेको खुशी झल्किने आवश्यकता,चाहनाको ठुलो बाकसलाई हामीले, हामी चाहेर पनि भनेजस्तो गरि भर्न सकेनौँ होला।
मेरो छोरा…कयौ पटक असफल र असमर्थक भयौँ होला हामी तिम्रो चाहनाको लागि।
तिम्रो ओठहरुमा फोहोरमुक्त हाँसोको फोहोरा ल्याउन मैले दुर्गन्धहरुसँग पनि दोस्ती गरेको छु छोरा…
तिमीलाई तातेताते गर्न सिकाउने तिम्रो बाबाले तिम्रै खुशीको लागि परिश्रम गर्दै पसिना बगाइरहेका हुन्थे।लाग्थ्यो हाम्रै लागि दु:ख गर्न जन्मेका रहेछन्।
मैनबत्तीझैँ आफ्नो परिवारको खुशी र उज्यालो भबिष्यको निम्ति जलिरहने तिम्रा बुबा!
लाग्छ की तिम्लाई उज्यालो दिने प्रकाश हुनुहुन्छ अनि साहारा र छहारि दिने आकाश पनि।
तिमी अब फक्रक्क फक्रिएको गुलाफ जस्तै असरदार भएका छौ छोरा..तर आज एक्कासी तिम्रो यो बुढी आमाले तिमीलाई हुर्काएको आँगनीमा एक्लै छोडेर समुन्द्रपारीको संसारमा सम्पत्ति समाउन जान्छु भनेर गयौ।
जिजुबाजेको पालाको हाम्रो पुरानो घरको छानोबाट वर्षायाममा चुहिरहने पानीका थोपाहरुले तिम्रो मन मस्तिष्कमा बाढी आएको पनि हो की?
आफ्नो मुटुको टुक्रालाई एकपल आफूबाट टाढा राख्न कुनचाहिँ बुबा आमाको मनले मान्छ होला र!
सायद, तिमीले पनि बुझेर आमा बाबुको सर्पझैँ सलबलाईरहेका सपना पूरा गर्छु भनेर आफ्नो सुनौलो भविष्यको बुलन्द कल्पनाहरु बुनेर नै सात समुन्द्रपारी अन्जान मान्छेहरुको भिडमा अन्जान अप्ठ्यारो काम गर्नपनि तयार भयौ।
तिम्ले परिवार प्रतिको हरकोहीले जित्न चाहने जिम्मेवारीलाई आफ्नो जिम्मामा लिने अठोट गर्यौ है आज!
हेर! छोरा तिम्रो पाइलाहरूले पाइरहने नतिजा सधैँ पास भएको सुन्नलाई यी कामै नलाग्ने झैँ भाका ‘क’ लाई पनि ‘ख’ जस्तै सुन्ने थोत्रो कानहरु हरदम आतुर छन्।
हामी त चाहन्छौँ,तिम्रो प्रगतिको प्रस्ट आवाजहरु यत्रतत्र सर्वत्र गुञ्जिरहोस्।
हाम्रो आशाका किरण हाम्रो जिवनको सहारा तिमी नै थियौ छोरा।देशमा रोजगारीको सम्भावना भएको भए यसरी मनलाई पिटिरहने पिडा गाँठाे पारेर एअरपोर्टबाट बिदाईको हात हल्लाउनु कसलाई रहर हुन्छ र!
तिम्ले अनेकौ रहर बाध्यता र रहरहरु झोलीमा पोको पारेर अनि रंगि बिरङगी सपनाका मालाहरु भिरेर केही समय दु:ख गरेर भएपनि परिवारमा सुख र खुशीको दिन ल्याउछु भनी लम्केका तिम्रा पाइलाहरु र आशातित तिम्रा भबिष्यका कल्पनाहरु पूरा होस् ,एक दिनपनि तिम्रो शरीरले अस्वस्थ अवस्था भोग्नु नपरोस् भनेर भगवानसँग प्रार्थना गर्नु हाम्रो दैनिकी नै बनेको छ।
तिम्रो मुहारमा खुशी नटुटोस् ,मान्छे भएर जन्मेपछि अनेकौ दु:ख पिर ब्यथा भोग्नुपर्छ ,हिड्ने मान्छे लड्छ जो लड्छ उहीँ नै प्रगतिको बाटोमा अघि बढ्छ। जिवनमा हारजीत भइरहन्छ समय परिस्थितिलाई सहजरुपमा स्विकार गर्नुपर्छ। कहिले पनि मनलाई अशान्ती र दु:खी बनाउनु हुदैँन।भन्ने जिवनको बास्तबिकता तिम्रा बुबाले मलाई सम्झाईदिनु भनेर भनिरहनु हुन्थ्यो।
बिदेशमा गएर छिमेकीहरुको छोराहरुले गलत बाटो रोजेको र दुर्घटनामा परेको दु:खद समाचार आउँदा हाम्रो पनि मन पोल्छ।
परिवारको सपना पूरा गर्न गएको सबैको सपना चकनाचुर पारि आफ्ना सन्तानले परिवारलाई मर्नु कि बाँच्नु बनाएर आधा बाटोमा लत्याई छोराले त्यस्तो हविगत देखाउँदा हाम्रो समेत मन छिया छिया हुन्छ।
यसले गर्दा समाजको बेइज्जत समेत सहन बाध्य भएको देख्दा हाम्रा सन्तान पनि बिदेशमा हुँदा धेरै चिन्ता लाग्दो रहेछ।
कतै तिमीमा पनि यस्तो कुबुद्दी आयो भने केही समस्या पर्यो भनेर आत्तिएर गलत बाटो रोज्यौँ भने हामी माथी कस्तो बित्छ होला भनेर कल्पना पनि गर्न म सक्दिन।
यस्तो त शत्रुको पनि  नपरोस् भनेर कामना गर्छु।
यति सुन्दर संसारमा जन्मेर पनि हाम्रो जिवनलाई सही सिद्द बनाउन सकेनौँ भने त्यो जतिको महापाप के होला र!
सकारात्मक सोच लिएर आफ्नो सत्कर्ममा एक रति पनि बिचलित र निराश नहुनु। आफ्नो स्वास्थ्यको सधै ख्याल राख्नु जे जस्तो समस्या आए पनि मनमा कुनै कुरा गुम्साएर नराख्नु संगैको साथिभाइ र हामीलाई बाँड्नु।हरेक समस्याको समाधान छ।जिवनमा आशा मात्र यस्तो चिज हो जुन स्थायी हुन्छ त्यसैके हरेक कुरामा झिनो भए नि आशा राख्ने गर्नु अवश्य रात पछि दिन आउँछ।अनि दु:ख पछि सुख।
हुन त मैले भन्दा धेरै कुरा तिम्ले बुझ्ने भैसक्यौ।आमाको मन न हो।संसारको सबै भन्दा धेरौ खुशि,प्यारो र अन्मोल सम्पत्ति आफ्नै सन्तान लाग्दो रहेछ।
अब म बुढी भएँ,तिम्रा बुबाले नि उमेर खाएर होला पहिला झैँ काम गर्न सक्न्नुहुन्न। हामीले एक अर्काको ब्यथा सुनाएर भए पनि मन हल्का बनाइरहन्छौँ।
 सम्पत्तिले सम्पन्न हुदैँमा त्यो खुल्ला खुशी मिठो निन्द्रा सबैले कहाँ किन्न सक्दोरहेछ र!
तिम्रो त्यो लामो जिन्दगीको पहिलो पाइला हिँड्न मैले साथ दिए तर आज मेरो जिवनको अन्तिम पाइलामा तिमी किन म सँग छैनौ??
फर्केर आउ छोरा…म तिम्रो बाटो हेरेर कुरेर बसेको छु।
मेरो जिन्दगीको अन्तिम घडीहरु म तिम्रो साथमा बिताउन चाहन्छु।तिमी आउने दिन पात्रो पल्टाई पल्टाई  हेरिरहेको छु।
चाहिँदैन पैसाको बिटाे मकैको पिठोमा रमाउनेछु।
आफ्नै खोरिया बारी खनेर डल्ला फुटाएर परिश्रमको पसिना रोपेर सुन फलाउनुपर्छ।
बाबु छोरा म तिम्रै आमा हुँ म फेरि भन्छु
नपर अरुको देशको मात्र भर ,
फर्की आऊ अब आफ्नै घर !!
उहीँ परदेशी छोराका आमा.

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...