अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टरफाइनलमा
निश्चल काउचा
सोल – चिलीमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत आइतबार बिहान भएको खेलमा उपाधि दाबेदार अर्जेन्टिनाले जमैकालार्इ पराजित गरेको छ । लियोनेल मेस्सीले देशका लागि एकसयौं खेल खेलिरहदा खेलको ११ औं मिनेटमा एन्जेल डि मारियाको पासमा गोन्जालो हिगुइनले विजयी गोल गरेपछि अर्जेन्टिना समूहको बीको खेलमा दोस्रो जित दर्ता गरेको हो ।
यो जितसँगै अर्जेन्टिना सात अंकसहित समूह बीको समूह विजेता भएको छ । पछिल्लो खेलमा जमैकालाई १-० ले पराजित गरेपछि अर्जेन्टीनाले समूह चरणमा दुई जित र एक बराबरी खेली ७ अंक जोडेको छ ।
अब समूह विजेता अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडर, भेनेजुयला र पेरुमध्ये एउटा देशसँग प्रतिस्पर्धा गर्नु पर्नेछ |