इपिएस परिक्षाको केन्द्र २८ तोकियो,१६ देश मध्ये नेपालको सबैभन्दा धेरै परिक्षार्थि
सोल, दक्षिण कोरिया काम गर्न जान पाउने रोजगार अनुमति प्रणाली (इपिएस) अन्तरगत आगामी जुन ९ र १० तारिख संचालन हुने नवौ कोरियन भाषा परिक्षाको लागी २८ परिक्षा कोन्द्र तोकिएको छ । काठमाण्डौ र ललितपुरमा २४ वटा रहेका छन भने पोखरामा चार केन्द्र रहेको नेपाल इपिएस सेन्टरले जनाएको छ ।
शनिबार र आइतबार दुई दिन संचालन हुने यसपालीको कोरियन भाषा परिक्षामा कुल ८२ हजार २ सय ३५ परिक्षार्थि रहेका छन् । कोरियाले इपिएस प्रणाली मार्फत विदेशी कामदार भित्राउने १६ देश मध्ये यसपाली कोरियन भाषा परिक्षा दिने नेपालीको संख्या सबैभन्दा धेरै रहेको सेन्टरले उल्लेख गरेको छ ।
सो परिक्षा संचालन गर्न कोरियाबाट सम्बन्धीत विभिन्न विभागका गरी ६३ जना नेपाल आउने भएका छन् । परिक्षा संचालनको लागि पूर्व तयारीको लागि जुन ६ तारिख नै नेपाल आइपुग्ने सो टोलीले भोलिपल्ट ७ तारिख काठमाण्डौ नक्साल स्थित बाल मन्दिर अनाथलयमा भ्रमण गर्ने भएका छन् ।