कोरिया आउन अब शिप परिक्षण पनि अनिवार्य

सोल,
इपिएस प्रणाली मार्फत दक्षिण कोरियामा काम गर्न आउनेहरुलाई अब कोरियन भाषा परिक्षा मात्र हैन शिप दक्षताको परिक्षण पनि अनिवार्य गरिने कोरियन सरकारले जनाएको छ ।
सन २०१९ देखि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतको कोरियन भाषा परिक्षाको छनौट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ प्रणाली लागु हुने योजना रहेको एचआडी कोरियाले जनाएको छ ।
अंक प्रणाली भन्नाले तीन तहमा परिक्षा लिइने छ । पहिलोचरणमा कोरियन भाषा परिक्षा, दोस्रोचरणमा सीप परीक्षण एवम् कार्य दक्षताको मुल्यांकन गरिनेछ । दुवै चरणबाट पाएको अंकलाई जोडेर कूल प्राप्तांकको सबैभन्दा धेरै अंक ल्याउनेलाई प्राथमिक्ताको आधारमा अन्तिम छनौट गरिने छ ।यसभन्दा अघि कोरियन भाषा दक्षताको आधारमा मात्रै कामदारको नामावली छनौट गर्दै आएका थिए ।
अब कामदारको शारिरीक अवस्था , शिपको स्तर, सम्बन्धीत कामको अनुभव जस्ता विषयमा पनि मुल्यकंन गरीने छ । कोरियन भाषामा केही कमजोर भएता पनि अन्य क्षमतामा राम्रो रहेका इमान्दार व्यक्तिलाई रोजगार दिलाउन यो प्रणालीले सहयोग गर्ने एचआरडीले जनाएको छ ।
शिप परिक्षण गर्दा कार्यक्षेत्र र संरचनाको आधारमा अंक तोकिएको छ । शारीरिक शक्ति, अन्तरवार्ता र आधारभूत शिप गरी तीन संरचनामा विभाजन गरी शिप परिक्षण गरिने छ । उत्पादन, कृषी तथा पशुपालन, निर्माण र फिसिइ० कार्य क्षेत्र रहेका छन् ।
आवेदन दिएको कार्य क्षेत्रसँग सम्बन्धित कामको अनुवभ, प्रशिक्षण तथा प्रमाणपत्रको आधारमा कार्यदक्षताको मुल्यकंन गरिने छ । मुल्यांकनको लागि बुझाएका कागज पत्र नक्कली ठहर भएमा सो वर्षको परिक्षालाई मान्यता दिइनेछैन र त्यसपछिको
३ वर्षसम्म रोजगार अनुमति प्रणालीको छनौट परिक्षा दिनबाट बञ्चित गरिने छ ।
ई. पि. एस कोरिया शाखासँगको सल्लाह बमोजिम कानुनी निकायमा अभियोग लगायतका प्रक्रिया अघि सारिने एचआरडीले जनाएको छ ।
एचआरडी कोरियाले विदेशी कामदार ल्याउने इपिएस प्रणाली लागु गरेको १६ देश मध्ये यो प्रणाली प्राय सबै देशमा लागु गरिसकेता पनि नेपालमा गएको महाँ भूकम्पका कारण २०१९ सालदेखि लागु गर्न लागेको हो ।