बुसान मेयर अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपालले दुई स्वर्ण जिते
सोल
दक्षिण कोरियामा सम्पन्न ११ औ कोरिया खुल्ला तथा ३० औ बुसान मेयर कप अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपालले दुई स्वर्ण पदक हात पारेका छन् । राजकुमार रसाईली र निरञ्जन खड्काले स्वार्ण पदक जिल्न सफल भएका हुन् ।
पन्ध्र देशको सहभागिता रहेको सो प्रतियोगितामा ६० केजी तौल समूहमा रसाईलीले कोरियालाई हराएका थिए भने ७५ केजी तौल समूहमा खड्काले जापानलाई पराजित गर्दै नेपाललाई स्वार्ण पदक दिलाउन सफल भएका थिए ।
नेपालबाट आएका प्रशिक्षक द्धय अन्तराष्ट्रिय निर्णायक राजेन्द्र कुमार ओझा र महेश महर्जनले पनि प्रतियोगिताा निर्णायक भूमिका निभाएका थिए । प्रतियोगिता कोरियाका्े दोस्रो मुख्य शहर बुसानमा ३१ मेदखि ३ जुनसम्म भएको थियो ।