Advertisement
SKIP THIS

नवौ कोरियन भाषा परिक्षामा ७४ हजारभन्दा बढीले परिक्षा दिए


दक्षिण कोरियामा काम गर्न प्रवेश पाउने रोजगार अनुमति प्रणाली (इपिएस) को नवौ कोरियन भाषाको परिक्षामा आवेदन दिएका मध्ये ९० प्रतिशतले परिक्षा दिएका छन् । यही जेठ २६ र २७ तगे सम्पन्न परिक्षामा ७४ हजार ८ सय ६० जनाले परिक्षा दिएको नेपाल इपिएस सेन्टरले जनाएको छ । ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए ।

यसपालीको कोरियन भाषा परिक्षाको काठमाण्डौ र ललितपुरमा तोकिएको २४ केन्द्र र पोखरामा चार गरी २८ केन्द्रमा परिक्षार्थिहरुले परिक्षा दिएका थिए । यसपाली २ सय ४७ जना नक्कली परिक्षार्थी पक्राउ परेका थिए ।

कोरियामा विदेशी कामदार ल्याउने १६ देश मध्ये कामदार संख्याको आधारमा कम्बोडिया पछि नेपाल दोस्रो स्थानमा रहेका छन् । सन २००७ बाट नेपालमा इपिएस शुरु भए यता अन्य देशको तुलानामा नेपाली कामदार इमान्दार र राम्रो भाषा बोल्ने भएकाले नै नेपालीको संख्यामा बृद्धी भएको इपिएस कर्मचारीहरुले बताएका छन् ।

परिक्षाको लागि कोरियाबाट नेपाल पुगेका प्रवासी मजदुर फोर्स र विश्व रोजगारका उप सभापति लि योनबोक र नेपाल स्थित कोरियन राजदुतले परिक्षा स्थल निरक्षण गरेका थिए । कोरियाबाट गएका इपिएस कर्मचारीका ६३ जनाको समूहले नक्साल स्थित बाल मन्दीर पुगी ७ सय डलर सहयोग गरेका थिए । साथै बालबालिकाहरुको कपाल काट्ने, विद्यालयको सरसफाई गरी पाठ्य सामग्री वितरण समेत गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...