म्याग्दी रनिङ कप भलिबल प्रतियोगिता हुँदै
लेसन गुरुङ, सोल कोरिया ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले म्याग्दी रनिङ कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । विकास, अनुशासन र गतिशीलता भन्ने नारालाई उद्घोष गर्दै मोनाले कोरियामा यो सिजनको तेस्रो प्रतियोगिता गर्न लागिएको मोना कोरियाको भलिबल खेल संयोजक गाेबिन्द बानियाले जानकारी दिए ।
कोरियामा भलिबल प्रतियोगिताको सुरुवात मोना कोरियाले गरेको स्मरण गर्दै अहिले कोरियामा रहेका नेपालीमाझ भलिबल प्रतियोगिताको लोकप्रियता निकै बढेको उनले बताए । जुलाई १५ मा आयोजना हुने प्रतियोगितामा खेलको आनन्दसंगै विभिन्न परिकारहरुको स्वाद लिन सकिनेछ । प्रसिद्ध म्याग्दीको पात्लेखेतको लोकल कुखुराको मासु , महाभिरको खसीको सुकुटी, म्याग्दीखोलाको असला माछा र सेलरोटी लगायतका परिकारले प्रतियोगितामा उपस्थितहरुलाई गाउँघरको नेपाली परिकारको स्वाद लिने अवसर पनि मिल्ने मोना कोरियाले जानकारी दिएको छ ।
प्रतियोगितामा प्रथम र द्धितिया हुने टिमले क्रमशः नगद १३ लाख वान र १० लाख वान र प्रमाणपत्र प्राप्त गर्नेछन भने सेमिफाईनालिष्ट दुई टिमले नगद ३ लाख ५० हजारको दरले पुरस्कार प्राप्त गर्नेछन । ३ लाख ५० हजार दर्ता शुल्क रहेको प्रतियोगिता जुलाई १५ तारिखमा खाङ्बुक युथ सेन्टरमा बिहान ९ बजेबाट सुरु हुने मोना कोरियाले बताए ।”>सोल, म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले ‘म्याग्दी रनिङ कप भलिबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । विकास, अनुशासन र गतिशीलता भन्ने नारालाई उद्घोष गर्दै मोनाले कोरियामा यो सिजनको तेस्रो प्रतियोगिता गर्न लागिएको मोना कोरियाको भलिबल खेल संयोजक विजय कार्कीले जानकारी दिए ।