” समृद्धि सपना र सामाजिक सदभाब “
यस धर्तिको हरेक चिज गतिशिल छ । परिवर्तन संसारको नियम हो । समय परिस्थिति अनुकुल परिवर्तनको लागि गति दिने टिकेको हुन्छ। जस्ले गति लिन्छ उसको बिकास हुन्छ। बिकासको लागि परिवर्तन पहिलो र अनिवार्य सर्त हो ।समाज विकासमा उक्त समाजको कुन कुन कुराले बाधा ब्यबधान गरेको छ त्यस कुराहरुको पहिचान गरि सकारात्मक परिवतर्न गर्न जरुरी हुन्छ । यसरि हेर्दा हाम्रो देश नेपाल तुलनात्मक रुपमा किन सम्पन्न हुन सकेन (श्रोत साधन सम्पन्न हुदा पनि)।यस लेखमा यस बिषयलाइ उठाउने प्रयास गरेकी छु ।जसले गर्दा यो एउटा बृहत साझा बिषय बन्न सकोस ।
अाधुनिक नेपाल भन्दा अगाडिका युगहरुमा बाँकि विश्व र हाम्रो तुलना गर्दा तुलनात्मक रुपमा शिक्षाको क्षेत्रमा,भौतिक बिकासको क्षेत्रमा र समग्र चेतनाको हिसाबले अगाडि रहेको कुरा पुराना साहित्य ,र संरचनाहरुबाट बुझ्न सकिन्छ। शक्तिशालि देश जसलाइ अरु बढि शक्तिमोह हुन्छ र त्यसको लागि उसले श्रोतहरुको खोजि गर्ने र कब्जा गर्ने रणनिति अबलम्बन गरेको हुन्छ। त्यहि रणनीतिक चपेटामा बिगत २/३सय बर्षको नेपाल रुमलिएको अनुभुत गर्न सकिन्छ । यसरि शक्तिसम्पन्न देशले कब्जाको लागि त्यस ठाउको सामाजिक चेतनाको स्तर,अार्थिक हैसियत, भुराजनीतिक अबश्थिति,त्यस देशमा प्राकृतिक सम्पदाको अबश्था,त्यस समाजको सांस्कृतिक पक्षलाइ हेरेको हुन्छ। यस परिप्रेक्षमानेपालि समाजको उल्लेखित कुराहरुसंग दाँजेर हेर्न पर्ने हुन्छ। पूर्विय शभ्यताको चेतनाको पक्ष बिराट छ । गणितको बिकास देखि सौर्य मण्डल ,भूगोल ,प्रविधि लगाएतको बिषयमा पू्र्वले अाजको दुनिँयालाइ बिकासको यो अबश्थालाइ अद्वितीय योगदान गरेको छ । तर बिडम्बना हामीले त्यसलाइ अनुसरण गर्न,अध्ययन गर्न,बिकास गर्न र समृद्ध बनाउने तिर ध्यान दिन सकेनौ। बरु त्यसलाइ मन्त्र र शास्त्रको कुरा बनाएर जड बनायौ। यसले हाम्रो चेतनाको बिकासमा अबरोध खडा गर्यो । हामी अगाडि बढ्न सकेनौ। त्यसको फाइदा अरूले उठाए र उठाउदै छन।
नेपाल अाफूसंग भएको प्राकृतिक श्रोत साधनको उपयोग गर्न अावश्यक पर्ने पुंजि,प्रबिधि र बजारमा कुनै काम गर्न नसकेको कुरा पनि प्रष्ट नै छ।हामी हाम्रा कुरा खोज्ने चिन्ने र प्रयोगमा ल्याउने भन्दा पनि दान अनुदानको अाशे भयौ । भनिन्छ मागेर धनि र दिएर गरीब होइदैन । हाम्रो हकमा त्यस्तै भएको छ । हामी निन्तर मागिरहेका छौ दाता निन्तर उसका शर्तानुकुल दिइरहेका छन । हामी झन झन बिपन्न बन्दै छौ दिनेवाला झन झन सम्पन्न बन्दै छन।त्यसैले अात्मानिर्भर अर्थतन्त्रको निर्माण बिना समृद्धि कोरा कल्पना मात्र हुने छ ।
अहिलेको नेपालि समाजमा इतिहासमा बिरलै भएको भुराजनीतिक अबश्थिति र शक्ति केन्द्रहरुको स्वार्थको बारे अाम जनमा चेतना अाएको छ ।अाशा गरौ अागामी दिनमा राजनीतिक नेतृत्व बर्गले सुझबुझका साथ यो बिषयलाइ हाम्रो हित अनुकुल ढाल्नु हुनेछ । अहिले सम्मको हाम्रो बिपन्नताको मुल समस्याको रुपमा नेपालको भुराजनीतिक अबश्थितिलाइ लिदा अतिसुयोक्ति नहोला।
नेपाल जल, जंगल जडिबुटि सर्बोच्च हिमाल र हिमालहरु ,विश्व सम्पदा सुचिमा सुचिकृत लुम्बिनि लगाएतका स्थानहरु ,बिबिध किसिमका बहुमुल्य खनिजहरु तथा मनोरम प्राकृतिक दृश्य हरूले भरिपुर्ण देश हो । हामीसंग भएको यी अथाहा श्रोतहरु न हामीले अाफु अनुकुल प्रयोग गर्ने कुनै योजना बनाउन सक्यौ न त हामीले अरुको कुदृष्टिबाट बचेर धिमा नै सहि अगाडि बढ्न सक्यो । त्यसैले बर्तमान परिप्रेक्षमा यसको सदुपयोग एउटा स्पष्ट दृष्टिकोण र दिर्घकालिन योजना बिना हामीले देखेको समृध्दिको सपना पुरा हुदैन ।
बिकास, समृद्धि ,परिवर्तन अादि कुरा कुनै पक्षमा मात्रै भएर हुदैन ।यसको लागि सामाजिक जीवनको समग्र पक्षको उत्थान बिकासको अावश्यक हुन्छ । नेपालि समाजमा बिध्यमान उच नीचको भावना,सामजिक कुरीति, कुसंस्कार ब्याप्त अन्धबिश्वास,सबै भुगोलमा समरपको बिकास बिना समृध्दि सम्भब हुदैन। त्यसैले बिगतको अनेक कालखण्डमा शासन ब्यवस्था परिवर्तनको लागि अधिकारको राजनीतिक दल र तीनको संगठनहरुले जुन योगदान गरेका छन त्यो प्रसंशनीय छ। अबको देशको मुल एजेण्डा समृध्दि हो । यसकोलागि सबै मिलेर काम गर्नु पर्छ। सबै मिल्नकोलागि समाजमा सदभाब चाहिन्छ । सदभाब कायम गर्न सबैले न्याय पाएको बराबरि सम्मान पाएकोअनुभुत गर्न पाउनु पर्छ। त्यसको लागि अबको सरकारको हरेक कार्यक्रम तदअनुकुल हुनु पर्दछ। राजनीतिक दलका दस्ताबेजहरुमा ,घोषणापत्रहरूमा बैठकहरुमा एजेण्डा बन्नु पर्दछ। समग्रमा अबको राजनीतिक दल र तीनका संगठनहरुले जातिय छुवाछुत, बिभेद ,सामाजिक कुसंस्कार ,कूरीतिको बिरुद्ध एकजुट भएर अघि बढ्ने संकल्प गर्नु पर्ने हुन्छ ।
धन्यबाद।
एलिसा सिंह(सल्लाहकार प्रवासि नेपालि मञ्च दक्षिण कोरिया)