जान्नेलाइ गितार नजान्नेलाई छ वटा तार
(लघु कथा )
मेरो गितार बजाउने चहानालाई देखेर मेरो मिल्ने साथीले २०६३ तिर आफु सग भएको गितार उपहार दिनु भयो ।
मैले केहि दिन जोश देखाएर सिकेर पनि हेरे । बिस्तारै बिस्तारै सिक्ने कुरामा बिषेश ध्यान दिन छोडे । तर त्यो दिन देखी आज सम्म पनि म सँग गितार साथमा छ । तर जती ६३ तिर सिकेको थिय , त्यो भन्दा बडी केहि प्रगती गर्न सकिन ।
सिक्न नसक्नुलाई मैले कहिले नियमित क्लास लिन नसक्नु वा अन्य कुराहरुले गर्दा समय दिन नसकेर सिक्न सकिन भनेर ति कारणहरु माथि दोस लगाएर म चाही निर्दोश बनिरहे । समय बित्दै गयो । दिनहरु ढल्दै नया दिनहरु मेरा उमेरहरु मथि थपिदै जादा भित्तामा झुण्डाएको गितारमा माकुराले जालो लगाउदै जान्थ्यो । म बेला बेलामा माकुराको जालो हटाउथे र धुलो पुछेर फेरी झुण्डाउथे । पुरानो च्यातीएको ब्याग फाली दिए र राम्रो ब्याग किनेर प्याक गरे । तर मेरो गितारको तारहरु सुर ताल मिल्ने गरी कहिल्यै कसिएन । मेरो गितार बाट मिठो धुन कहिल्यै निस्किएन । बजाउदा बजाउदै कहिल्यै तारहरु छिनेन । किन कि मैले कहिल्यै पनि तारहरु छिन्ने गरी सिक्दै सिकिन र तारहरुमा धेरै स्र्पश गर्दै गरिन , गर्नै सकिन , आत्मा देखी गर्नै चाहिन ।
समय आफ्रनै गतीमा चलिरह्रो । म आफ्रनै मतीमा चल्दा चल्दै आज बिदेशमा छु । जब एक्लो भए , अनी मैले पुरानो साथि र गितार सम्झे । अब चही सिक्छु भनेर यहाँ पनि झन राम्रो गितार किने । तर बिस्तारै कथा फेरी उही दोहोरियो ।
आज मलाई , मैले टेकीरहेको यो देशको बिकास र सम्बृद्धी हेर्दै मेरो देशलाई सम्झिरहदा , बर्सौ देखी मेरै साथमा रहेर पनि मैले बजाउन नजानेको गितार जस्तै अनुभब हुन्छ। हातमा कला र जागर नभएर । कला र सिपको बिकास गर्न साधाना , सोच र निरन्तरता नभएर , मिठो धुन निकाल्न सक्ने मेरो क्षमता नहुदा दोश बोकेर मेरो स्वामित्वमा अल्झिरहेको यो अभागी निर्दोश गितार र क्षमता बिहिन नेत्रित्वको हातमा परी बिकासको सुर ताल समात्न नसकेर गरीबीको बिल्ला भिरेको मेरो देशको कथा एउटै हो की ?
………………………………..
लौन अब त केहि गरौ