कोरियामा एउटा शब नेपाल पठाउन नपाउदै अर्को नेपालीको औधोगिक दुर्घटनामा परी मृत्यु
कोरियामा पाँच दिन अघि निधन भएका बल बहादुर गुरुइ०को शब नेपाल नपुग्दै अर्को एक नेपालीको औधोगिक दुर्घनामा परी मृत्यु भएको छ । ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोइ० शहर स्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत बाल कुमार राईको औधोगिक दुर्घटनामा परी मंगलबार निधन भएको हो ।
मृतक राई मोरइ० जिल्ला बेलबारी लक्ष्मी मार्गका बासिन्दा हुन् । दाना पकाउने भाडामा ग्यास ओभर भएपछि पड्कीदा नजिकै रहेका राई तातो ग्यास र पाउडरले जलेर घाइते भएका थिए । सोमबार विहान साढे दश बजे घटना घटेपछि तुरुन्तै बुसान अस्पताल लगिएको थियो । रातको दुई बजे अस्पतालले राईलाई मृत घोषणा गरेको संगै काम गर्ने सुरेश राजबंशीले जानकारी दिए ।
बोल्दै अस्पताल पुगेका राई बाहिरबाट सामान्य देखिएपनि तातो ग्यासको भित्रि असरका कारण पानी जमेर रक्त संचार बन्द भई निधन भएको अस्पतालले जनाएको छ । राईको शबलाई हाल सोही अस्पतालको शबगृहमा राखिएको छ ।
मृतक राई इपिएस मार्फत तीन वर्ष अघि कोरिया आई सोही कम्पनीमा कार्यरत थिए । करिब ३२ वर्षका राईको पत्नी र एक छोरा छन् । सो कम्पनीमा नेपाली ६ जना कार्यरत थिए ।
पोखरा बाझापाटन निवासी बल बहादुर गुरुइ०को जुन १३ तारिखमा मृत भेटिएको प्रहरीले जनाएको छ । हाल उनको शब सउलकै अस्पतालमा राखिएको छ ।