पत्रकार महासंघ कोरियाले बृहत मिडिया कर्मी भेला आयोजना गर्ने


सौल

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको यहि जुन २४ तारिख आइतबार मिडियाकर्मी भेला आयोजना गर्ने भएको छ । जुन ३ तारिखको अनलाइन बैठकको निर्णय अनुसार सो भेला गरिन लागेको हो ।

भेलामा पत्रकारका समस्या, छैठौ अधिवेशन तयारी, नयाँ पत्रकारको सदस्यता , अनलाइन मिडियाबीचको कमिटि लगायतका विषयमा छलफल गरिने भएको छ । साथै कोरियामा देखिएका विविध समस्या र सरोकारवाला निकायलाई थप गम्भिर पार्न दबाब दिने उपायका बारे गहन छलफल पनि गरिने छ ।

त्यसैले कोरियामा क्रियाशिल , नव प्रवेशी तथा इछुक सम्पुर्ण अनलाइन मिडियाकर्मी र पत्रकारहरुलाई उपस्थितीको लागि महासंघले आग्रह गरेको छ । विभिन्न मिडियामा आवद्ध पत्रकारहरुविच समुन्वय गरी आपसी सम्बन्ध विस्तार र अनुभव साटासाटको लागि यस्तो कार्यक्रम गर्न लागिएको अध्यक्ष खेम कार्कीले बताए ।

भेला दोङ्देमनूनको ७ नम्बर गेट नजिकैको कोरियन बुफे हलमा १२ बजे गरिने भएको छ।

आगामी छुसकमा गरिने छैठौ अधिवेशनको तयारीको लागि महासंघले आवश्यक कागज पुरा गरी नयाँ सदस्यता लिन र नविकरणको लागि यही २४ तारिख अन्तिम म्याद तोकेको छ । छुकस मै पत्रकारिताको तालिमको व्यवस्था गरिने पनि महासंघले जनाएको छ ।

सम्पर्कः
०१०६४५३३०५० खेम कार्की, अध्यक्ष
०१०६५३३७४३१ रञ्जन कुँवर, बरिष्ठ उपाध्यक्ष
०१०६४६३८७७४ विकास श्रेष्ठ, उपाध्यक्ष
०१०३६४२५४६५ सन्दीप पाण्डे, उपाध्यक्ष
०१०२६६५३९९५ मञ्जु गुरुङ, सचिब

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • विविध कार्यक्रम सहित कोरियामा वृहत दशैँ महोत्सव सम्पन्न
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...