नेपाली नेटबल खेलाडी कोरियामा
दक्षिण कोरियामा शनिबारदेखि अयोजना हुन लागेको चार दिने एसियन नेटबल प्रतियोगितामा सहभागि हुन नेपाली नेटबल खेलाडी समूह विहीबार कोरिया आइपुगेको छ । प्रतियोगिता कोरियाका छनजु शहर स्थित ह्वासन स्टुडियममा हुनेछ ।
शनिबार ओपनिइ०मा नेपाली खेलाडी कोरियनसंग भिड्दै छन् । त्यस्तै आइतबार फिलिपिन्स र सोमबार चाइना टाइपाईसंग भिड्दै छन् ।
नेपालबाट आएका खेलाडी टीममा रियलाइन्स विद्यालयका १२ जना खेलाडीका साथै नेपाल नेटबल एसोसियसनका महासचिव दिपक तामाइ०, व्यवस्थापक बलराम राई , कोच प्रख्यात डोगं र सहायक कोच सुचिता गुरुइ० रहेका छन् ।
सन २०११ देखी नेपालमा शुरु भएको नेटबलका खेलाडीहरु पहिलो पटक कोरिया आएका हुन् । महिलाहरुले खेल्ने यो खेल बास्केट बलसंग मिल्दो जुल्दो रहेको छ । नेपालमा उदाउदोरुपमा रहेको नेटबल खेल २५ विद्यालय सहित त्रिभुवन विश्व विद्यालयमा खेल्न थालिएको महासचिव तामाइ०ले बताए ।