नेपाल पत्रकार महासंघ कोरिया शाखाको अधिवेशन सेप्टेम्बर २५ मा हुने
शिब भुसाल सिओल।
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको छैठौँ अधिवेशन आगामि सप्टेम्बर २५ मा हुने भएको छ । संस्थामा आवद्ध क्रियाशिल पत्रकारहरुको आईतवार सम्पन्न भेलाले संस्थाको अधिवेशन कोरियाको महान पर्व छुसकको अवसर पारेर आगामी सेप्टेम्बर २५ तारिखमा गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष खेम कार्कीले जानकारी दिए ।
छुसक पर्वको अवसर पारेर कोरियामा क्रियाशिल पत्रकारहरुकालागी तीनदिने पत्रकारिता तालिम प्रदान गर्ने कार्यक्रम पनि तय भएको अध्यक्ष कार्कीले जानकारि दिए । तालिममा कोरियाको प्रशिद्ध सञ्चार संस्थामा आवद्ध पत्रकार र नेपालबाट आउने अतिथी पत्रकारले प्रशिक्षण दिने उनले बताए । सन २००६ मा स्थापना गरिएको यो संस्थामा विभिन्न संञ्चार संस्थाहरुमा क्रियाशिल ३९ जना पत्रकार आवद्ध रहेका छन् । यस्तै भेलाले कोरियाको वँसाई अवधि पुरा गरी नेपाल फर्किन लागेका संस्थाका उपाध्यक्ष विकाश श्रेष्ठलाई सम्मान सहित विदाई गरेको छ ।
उक्त दिन कुनै पनि संस्थाले कार्यक्रम नजुधाइ सहयाेग गरिदिनु हुन पनि अध्यक्ष कार्कीले हार्दिक अनुराेध गरेका छन्।