पर्यटन बर्ष २०२० लाइ लक्षित गरि काेरियामा नेपाल डे मनाइने।
नेपाल सरकारले घाेषणा गरेकाे पर्यटन बर्ष २०२० लाइ लक्षित गरि काेरियामा क्रियाशिल संस्था नेपाली बिध्यार्थी समाज साेनसिक , एन अार एन ए काेरियाकाे संयुक्त अायाेजना तथा नेपाली दुताबास काेरियाकाे सपाेर्ट, नेपाली सम्पर्क समिति र नेपाल अादिवासी जनजाति महासंघ लगायत सम्पुर्ण संघ संस्थाकाे बिशेष सहयाेगमा जुलाइ २१ र २२ तारिख साैलमा नेपाल डे मनाउने भएकाे हाे।
समृद्द नेपाल निर्माण गर्ने अभियानलाइ पर्यटन क्षेत्रले बिशेष सहयाेग गरिरहेकाे अवस्थामा काेरियाली पर्यटकलाइ नेपाल भित्राउने उद्देश्य राखेर नेपाल डे मनाउन लागिएकाे हाे। साेनसिकका अध्यक्ष बिजय बस्नेतले भने।
नेपाललाइ काेरिया तथा बिश्वभर चिनाउन प्रचार प्रशार गर्ने, नेपालकाे प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदा तथा धार्मिक सम्पदाकाे परिचय, बहु सांस्कृतिक कला, भाषा, नेपाली खाना तथा परिकारकाे परिचय प्रचार प्रशार गरि काेरियाली तथा बिश्वभरकाे पर्यटकलाइ नेपाल लैजान सक्नेछ भन्ने अपेक्षा यस नेपाल डे कार्यक्रमले गरेकाेछ।एन अार एन ए काेरियाकी अध्यक्ष लक्ष्मी लामाले भनिन्।
अायाेजकका अनुसार नेपाल डे काे पहिलाे दिन जुलाइ २१ तारिख कार्यक्रमकाे अाैपचारिक उद्घाटन गर्ने,नेपाललाइ बिशेष सहयाेग गर्ने काेरियाली नागरिकलाइ सम्मान गर्ने, नेपाली कला संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने, नेपालका हिमालमा पर्वताराेहण गर्ने काेरियाली नागरिक, पर्यटक र भाेलुन्टियर गर्ने काेरियाली नागरिकहरूकाे फाेटाे प्रदर्शनी गर्ने कार्यक्रम रहेकाेछ। उद्घाटन कार्यक्रम The desigeners Hotel LYJ Gangnam मा गरिने जनाइएकाेछ।
त्यस्तै जुलाइ २२ तारिख दाेश्राे दिनकाे कार्यक्रम ख्वाङनामुन छङ्गेछन ग्वाङ्जाङमा गरिनेछ। दाेश्राे दिनकाे कार्यक्रममा फाेटाे भिडियाे प्रदर्शनी गरिनेछ। जस अन्तरगत नेपालकाे प्रकृति,संस्कृति, कला ,धार्मिक महत्व बुद्धको जन्मस्थल लुम्बिनी, सगरमाथाको देश,अादि क्षेत्रकाे जानकारी दिने उद्देश्यले फाेटाे तथा भिडियाेहरू प्रदर्शन गरिनेछ।त्यस्तै नेपाली खानाकाे स्टल राखिनेछ भने नेपाली कला र संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमकाे अायाेजना पनि गरिने भएकाेछ।
काेरियामा रहेका सम्पुर्ण जातिय ,क्षेत्रिय, राजनितिक संस्था, बिध्यार्थी, ब्यवसाही पत्रकार तथा सम्पुर्ण नेपाली समुदायलाइ ब्यापक उपस्थिति सहित भब्य रूपमा कार्यक्रमलाइ सफल बनाइ दिनु हुन अायाेजकले हार्दिक अनुराेध गरेकाेछ। साेहिदिन अन्य कुनै पनि संघ संस्थाले कार्यक्रम नजुधाइ सहयाेग गरिदिनु हुन पनि अायाेजकले अनुराेध गरेकाेछ।
सम्पर्ककाे लागी
बिजय बस्नेत -अध्यक्ष नेपाली बिधार्थी समाज काेरिया ०१०५८९९४८७२
लक्ष्मी गुरूङ -अध्यक्ष एन अार एन ए काेरिया ०१०२०७८६६४९