ठकुरी समाज दक्षिण कोरियाले छुसकमा सांगीतिक कार्यक्रमको आयोजना गर्ने


सोलः ठकुरी समाज दक्षिण कोरियाले कोरियाको महान चाड छुसकको अवसर पारेर ‘लोक दोहोरी तथा डान्स धमाका’ नामक सांस्कृतिक कार्यक्रम एवं डान्स पार्टीको आयोजना गर्ने भएको छ । दक्षिण कोरियामा रहि एकता आफ्नोपन एवं भाषा सस्कृती भेषभुषा संरक्षण तथा हर समुदायसंग आफ्नोपन बन्धुत्व एवं भाईचारा र जातिय सहिष्णुता सद्भाव कायम गर्दै बिशुध्द सेवाभाब उद्दार कल्याण र सहयोगको अभिप्रायले स्थापित हर सामाजिक कार्यमा सक्रियताका साथ सहयोग पुर्‍याउदै आईरहेको ठकुरी समाज दक्षिण कोरियाले आगामी सेक्टेम्बर २३ तारिकका दिन सौलको New Cheonji Hotel दोङदेमुन historical and cutural park Station line No-4, Gate No-12 (서울 시 중구울지로 5 가 133-1뉴천지 호텔) मा हुने  उक्त कार्यक्रममा लोक तथा दोहोरिको क्षेत्रमा निकै ख्यातिप्राप्त गायकद्वय रामजि खाण, बहुप्रतिभाका धनी शब्दसर्जक तथा गायक शिव हमाल, लोक दोहोरि गायक बिक्रमजंग शाह र चर्चित गायिका सम्झना लामिछाने मगरको प्रस्तुती रहने भएको छ । साथै लोक तथा दोहोरि गायक लोकेन्द्र चन्द र स्थानिय कलाकारको रुपमा बिबेक शाहको साथमा  कोरियामा चर्चित डिजे – DJ CMAN को पनि प्रस्तुती रहने  छ ।

कार्यक्रमको औपचारिक सुरुवात बेलुका 7:00 बजेबाट सुरु भएर राती 11:00 बजेसम्म लोक दोहोरी र सास्कृतिक कार्यक्रम एबं लाईभ दोहोरीको रुपमा रहने र 11:00 बजे पछाडी डान्स धमाका(डान्स पार्टी)को सुरुवात गरिने ठकुरी समाज दक्षिण कोरियाका महासचिब राजेन्द्र शाहिले जानकारी दिएका छन । उक्त कार्यक्रमको सम्भबत अधिकतम तयारी पूरा भैसकेको (कलाकार छनोट लगायत हल बुकिङक )र मुल आयोजक समिती गठनको कार्य सकिएको र अन्य ब्यबस्थापन तथा उपसमितिको गठन कार्य लगायतका काम हरु यथासक्य छिटो गरिने ठकुरी समाज दक्षिण कोरियाका अध्यक्ष यु मल्ल ठकुरीले बताएका छ्न ।

यसका साथै ठकुरी समाज कोरियाको यस कार्यक्रमलाई भब्य सभ्य र ब्यबस्थित बनाउने कार्यमा कोरियामा रहेका बिभिन्न राजनीतिक भातृ संघसङ्गठन एबं जातिय क्षेत्रीय सस्था सुभेच्छुक ,बुद्धिजीवी,व्यावसायि,समाजसेबी, बिद्यार्थि, विभिन्न सन्चार माध्यम तथा मिडियामा आवद्ध पत्रकार तथा कोरियाबासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले आ-आफ्नो क्षेत्रबाट हुन सक्ने कुनैपनी तबरको भौतिक नैतिक तथा आर्थिक सहयोग गरिदिनुहुन ठकुरी समाज दक्षिण कोरियाले हार्दिक अनुरोध रेको छ । यसका साथै छुसक अबधिभर अन्य कुनैपनी संघ सस्थाहरुले आयोजना गरेका दिवा स्टेज कार्यक्रम तथा अन्य कार्यक्रमहरुलाई आफ्नो तर्फबाट हुनसक्ने र गर्नसक्ने हर सहयोग गर्न ठकुरी समाज दक्षिण कोरिया हर्दम तत्पर रहेको कुरा समेत जानकारी गराएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...