कोरियाली प्रसिद्ध लेखक हुंगलाई फ्रान्सको एसियाली गिमेत पुरस्कार प्राप्त
दक्षिण कोरियाका प्रसिद्ध लेखक हुंग सोक योंगले एशियाली साहित्यको लागि यस वर्षको एमिली गिमेत पुरस्कार प्राप्त गरेको छ । उनका उपन्यास एट डस्क बाट सो पुरस्कार पाएका हुन् ।
फ्रान्सको पेरिमा स्थित एसियन आर्टका राष्ट्रिय गुमेत संग्राहलयले सोमबार सो घोषणा गरेको एजेन्सीहरुले जनाएको छ । फ्रान्समा एसियन साहित्यको परिचय गराउने उद्येश्यले यसको स्थापित गरिएको हो । एसियको समसामायीक साहित्यका फ्रान्सेली भाषामा अनुवादित पुस्तकहरुलाई गत वर्षदेखि यो पुरस्कृती प्रदान गर्दै आएका छन् ।
यस वर्ष सो पुरस्कारको लागि एसियाका ६ जनाको नाम छनौटमा परेको थियो । जस्मा भारतका मीना कनासोमी, जापानका काओ नासिक, चीनका यी यी, पाकिस्तानको उमर शहीद हामिद र ताइवानका वू मिंग यई थिए।
हुंगका २०१५ मा प्रकाशित उपन्यास एट डक्सलाई सोल स्थित इह्वा महिला विश्वदिद्यालयका प्रोफेसर चोई मिक्योइ०ले अंग्रेजीमा अनुवाद गरेका थिए । जीन नोयल जुटरले फ्रान्स भाषामा सो उपन्यासलाई अनुवाद गरेका थिए ।
उपन्यामा एक धनी आर्किटेकको एक साँझ र आंशिक सयम रंगमञ्च अभिनयको आधारमा जीवन यापन गर्ने एक युवा शिक्षकको कथामा आधारित रहेको छ । ब्रिटिश भारतीय लेखक राणा दासगुप्त यस पुरस्कारका पहिलो विजेता बनेका थिए ।