कोरियन भाषा परिक्षाको परिक्षाफल प्रकाशित, ७ हजार ९९६ जना उर्तिण
सन् २०१९को लागि लिइएको कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।
नवौ कोरियन भाषा परिक्षामा ७ हजार ९ सय ९६ जना उतिर्ण भएको शुक्रबार एचआरडी कोरियाले सार्वजनिक गरेको छ । ७४ जहार ८ सय ६२ जनाले परिक्षा दिएका थिए ।
उतिर्ण हुनेहरु मध्ये उत्पादन क्षेत्रका ५ हजार ८२ जना रहेका छन् भने कृषी क्षेत्रका २ हजार ९ सय १४ जना रहेका छन् । गत जेठ २६ र २७ गते परिक्षा सम्पन्न भएको थियो । ८२ हजार २ सय ३५ जनाले परिक्षाको लागि आवेदन दिएका थिए ।
भाषा परिक्षामा तोकिएको पुर्ण अंक २ सय मध्ये उत्पादन तर्फ १ सय ८४ र कृषी तर्फ १ सय ८० अंक ल्याए उतिर्ण हुनेछ । प्रश्नहरु मध्ये कम्तिीमा उत्पादन तर्फ ४६ प्रश्न र कृषी तर्फ ४५ प्रश्नको उत्तर मिलेको हुनु पर्ने छ ।
इपिएस प्रणाली अन्तर्गत अब शिप परिक्षण गरिने नयाँ नियम लागु गरिएता पनि यो वर्ष शिप परिक्षण नगरिने जनाएको छ ।
कोरियामा १६ देशबाट विदेशी कामदार ल्याउने मध्ये नेपालको लागि यो वर्षको कोटा एचआरडी कोरियाले नतोके पनि कोरियाका राजदुत अर्जुनजंग बहादुर सिंहले १० हजार कोटा तोकेको जानकारी दिएका छन् ।
हेर्नुस् नतिजा
https://drive.google.com/file/d/1TRGSz36u2IQsn1itWYT14LeGmFRqtRMb/view