कोरियामा तामाङ चलचित्र सेम ताबा म्हि प्रदर्शन हुने
नेपाल तामाङ संघ दक्षिण कोरियाले जुलाई ८ तारिख आइतबार तामाङ भाषाको चलचित्र ‘सेम ताबा म्ही’ प्रदर्शन गर्ने भएको छ । रामेछापको शेरपलिङ महायान बौद्ध धर्म अध्ययन केन्द्रमा अध्ययनरत अनाथ, गरीब तथा बिपन्न बालबालिकाहरुको सहयोगार्थ चलचित्र प्रदर्शन गर्न लागेको संघले जनाएको छ ।
‘कोरियामा रहनु भएका सबै तामाङ दाजुभाइ दिदीबहिनीहरुलाई फिल्म हेर्न आउन आग्रह गर्छु । यो फिल्म तामाङ समुदायको संस्कार देखाउने प्रयास भएको छ ।’ तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाइवाले भने । ‘साथै यो नेपालको कलासंस्कृति देखाउने चलचित्र भएकोले कलाप्रेमी सबैलाई चलचित्र हेर्न आउन अनुरोध छ ।’
उक्त कार्यक्रममा चलचित्रका निर्देशक राजकुमार मोक्तान पनि उपस्थित हुनेछन् । उनले तामाङ चलचित्र बनाउँदाको अनुभब पनि साटासाट गर्नेछन् ।
यस अघि सो चलचित्र अमेरिका र युरोपका बिभिन्न ठाउँमा प्रदर्शन गरिएको थियो । चलचित्रमा अंग्रेजी सबटाइटल राखिएकोले तामाङभाषा नबुझ्नेले पनि हेर्न सक्ने निर्देशक मोक्तानले जानकारी गराएका छन् । ‘चलचित्रमा सबटाइटल भएकोले दक्षिण कोरियामा भएका सबै नेपालीहरुलाई उपस्थितीका लागि अनुरोध छ ।’ मोक्तानले भने ।
चलचित्र प्रर्दशन हुने स्थान र मिति
मिति : २०१८ जुलाई ८ आइतबार
स्थान : 매산동주민센터 경기 수원시 팔달구 매산로 41 (매산로2가)
समय : मध्यान्ह १२ वजे