म्याग्दी भलिबल रनिङ कपकाे टाइसिट यहि जुलाइ ८ मा, खेल जुलाइ १५ मा
म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले म्याग्दी रनिङ कप भलिबल प्रतियोगिताकाे टाइसिट यहि जुलाइ ८ तारिख हुने भएकाेछ। विकास, अनुशासन र गतिशीलता भन्ने नारालाई उद्घोष गर्दै मोना कोरियामा यो सिजनको तेस्रो प्रतियोगिता यहि जुलाइ १५ तारिख साैलमा अायाेजना गर्न लागेको कुरा मोना कोरियाका अध्यक्ष किसन सेन्चुरीले जानकारी गराएका छन्।
कोरियामा भलिबल प्रतियोगिताको सुरुवात मोना कोरियाले गरेको स्मरण गर्दै अहिले कोरियामा रहेका नेपालीमाझ भलिबल प्रतियोगिताको लोकप्रियता निकै बढेको उनले बताए । जुलाई १५ मा आयोजना हुने प्रतियोगितामा खेलको आनन्दसंगै विभिन्न परिकारहरुको स्वाद लिन सकिनेछ ।
प्रतियोगितामा प्रथम र द्धितिया हुने टिमले क्रमशः नगद १३ लाख वाेन र १० लाख वाेन र प्रमाणपत्र प्राप्त गर्नेछन भने सेमिफाईनालिष्ट दुई टिमले नगद ३ लाख ५० हजारको दरले पुरस्कार प्राप्त गर्नेछन । ३ लाख ५० हजार दर्ता शुल्क रहेको प्रतियोगिता जुलाई १५ तारिखमा खाङ्बुक युथ सेन्टरमा बिहान ९ बजेबाट सुरु हुने सेन्चुरीले बताएका छन् ।
टाइसित हुने मिति २०१८ जुलाइ ८ तारिख अाइतबार
स्थान लाली गुराँस रेष्टुरेण्ट तुन्देमुन ४ नं गेट अगाडी
समय ः दिनकाे १२ बजे।
सम्पर्ककाे लागि
अध्यक्ष , किसन सेन्चुरी ०१०९५५८८६८४
सचिब , सुमन पाैडेल ०१०२१५१६८४०
खेल हुने मिति २०१८ जुलाइ १५ तारिख
स्थान खाङबुक युथ सेन्टर सुयु साैल
समय बिहान ९ बजे देखि