जापानमा अस्थायी कामदारलाई स्थायी बनाउने विधेयक पारित
फोनिज कोरिया संवाददाता
काठमाडौं-जापानमा अस्थायी कामदारलाई स्थायी गर्नुपर्ने विधेयक त्यहाँको तल्लो सदन डायटले पारित गरेको छ । डायटले निश्चित अवधिभित्र अस्थायी कामदारलाई स्थायी गर्नुपर्ने भन्दै सो बिधेयक पारित गरेको हो |
यसअघि यो विधेयक दुई पटक पारित हुन सकेका थिएन । डायटले अस्थाई कामदारलाई पूर्णकालीन रोजगारीमा प्रोत्सहान गर्ने उद्देश्यले तयार भएको यो बिधयकले कानुनी मान्यता पाउनका लागि अब माथिल्लो सदनमा जाने छ ।
जापानको विपक्षी लोकतान्त्रिक पार्टी भने उक्त विधयकको विपक्षमा उभिएको छ । विधेयकमा कामदारको समय अवधि तीन बर्ष तोकिएको छ ।
तीन बर्ष सोही हैसियतमा काम गरेका कम समयका कामदारलाई कम्पनी वा रोजगारदाताले पूर्णकालीन बनाउनु आवस्यक हुने छ । यो प्रावधानलाई लिएर विपक्षी पार्टीहरुले भने तीन बर्षभन्दा कम समयमा रोजगारदाताले अस्थाई कामदारलाई हटाउने संभावनामा बृद्धि हुने र यसले गर्दा बेरोगारी बढ्ने बताउँदै आएको छ ।