कोरियामा सडक दुर्घटनामा परी गम्भीर घाइते थापालाई उपचारर्थ सहयोग आवहान


सोल

दक्षिण कोरियाको छाल्लानाम्दो प्रान्तको मोक्पोमा सडक दुर्घनामा परी गम्भीर घाइते भएका रितु थापा मगरलाई उपचार्थ आर्थिक सहयोग आवहान गरिएको छ । मोक्पो बासी नेपालीहरुको साझा संस्था मोक्पो साम्हो साझा चौतारी परिवारले सो आवहान गरेका हुन् ।

थापाको शुरुदेखि नै हानकुक अस्पतालमा उपचार भइरहेको छ । दाहिने हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेका थापाको हाल हातको शल्यक्रिया गरेता पनि चल्न नसकेको र ढाडको पनि शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

२१ दिनदेखि अस्पतालमा उपचार्थ थापालाई १४ दिन सघन कक्षामा राखिएको थियो । हालसम्म थापाको उपचार खर्च साढे ३ करोड वन पुगेको र हालसम्म १ करोड वन मात्रै बुझाएको परिवारका अध्यक्ष अरुण सेजवालले बताए ।

कम्पनीबाट काम सकेर निस्केपछि साथीको स्कुटर लिएर हिडेका थापा रुखमा ठोकिएर घाइते भएको अवस्थामा भेटिएको थियो । कसरी दुर्घना भयो भन्ने बारे आफुलाई केही जानकारी नभएको विरामी थापाले बताएका छन् । कम्पनीबाट बाहिर दुर्घटना भएकाले कम्पनीले विमा बारे पनि केही गर्न नसक्ने बताएपछि उनको उपचारमा आर्थिक समस्या परेको सेजवालले बताए ।

इपिएसमार्फत कोरिया आएका थापा सिन्धुपाल्चोकका बासिन्दा हुन् ।केही महिना अघि मात्र नेपाल गएर घर किनी विवाह गरी आएकाले परिवारबाट पनि कुनै सहयोग हुन सक्ने अवस्था नरहेकोले कोरिया वासी नेपालीहरुमा आर्थिक सहयोगको आवहान गरिएको सेजवालले थपे ।

सहयोगका लागि तल को बैंक एकाउन्ट मा जम्मा गरेपछि तल दिएको फोन नम्बरमा सम्पर्क अथवा म्यासेज गरि जानकारी दिनु होला र

IBK BANK (003)
Acc no : ( 221-379380-02-019)
BHATT KHEM RAJ
CONTACT : 01027071644

जानकारीका लागि
अरुण सेजवाल : 010-35167352
विकाश तामांग :010-59613889

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...