Advertisement
SKIP THIS

कोरिया बसेर गएका दाजुभाइले गरे यस्तो प्रगति ​


 

जसरी कोरियामा नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दैछ त्यसरी नै विभिन्न प्रगति र उन्नतीका कुराहरु पनि बढ्दैछन् र सुनिदैछन् । यस्ता प्रगति र उन्नतीका उदाहरणहरुले केही गरौं भन्नेहरुको लागी ठुलो हौसला दिन र अघि बढ्न राम्रै सहयोग गर्ने पनि देखिन्छ । त्यसो त मुखले भनेको कोरिया र कामले भोगेको कोरियामा भने धेरै फरक पाईन्छ अनि गरेर देखाउन त्यती नै मेहनत पनि चाहिन्छ। गर्दै भन्दै जाँदा जे जस्ता समस्या र अप्ठ्याराहरु आएता पनि खाने मुखलाई जुँगाले छेक्दैन भने जस्तै गर्ने मान्छेलाइ पक्कै पनि केहीले रोग्दैन । त्यस्तै (त्यस्तै भएर पनि होला, आजभोली ईपियस भाषा पासगरी कोरिया आएका धेरै नेपालीहरुले साँच्चै राम्रा र उदाहरणिय कामहरु गरेको देख्न थालिएको छ । यस्ता धेरै उदाहरणहरु मध्येको एक उदाहरण हुन् पोखराका दुई दाजुभाई ।

ईपियस भाषा पास गरी आज भन्दा करिब ७ बर्ष अगाडी दक्षिण कोरियाको दक्षिण भागमा अवस्थित किम्हे शहर नजिकै रहेको मिर्याङ भन्ने ठाउँमा पोखरा निवासी सुमन थापा र निशान्त थापा दुई दाजुभाईले आफ्नो कर्मथलो बनाएका थिए । यि दाजुभाई जसले आफ्नो कार्यस्थलको समयमा काम गरी बाँकी बचेको समयको सदुपयोग गर्दै कोरियन भाषा अध्ययन गरेका थिए । मेहनतको फल राम्रो नै हुन्छ भने झैं दुवै जनाले एकै साथ चौथो तहको कोरियन भाषा तह पास गर्न सफल भए । आफ्नो ५ बर्षे कार्यकाल सफलता पुर्वक संगै विताएका दुई दाजुभाइले कोरियामा सिकेको ज्ञान र अनुभवलाई आफ्नै ठाउँमा प्रयोग गर्ने निष्कर्षमा पुगे फलस्वरूप पोखरा महेन्द्र पुलमा एक कोरियन भाषा सेन्टरको स्थापना गरे। एक अनुभवी ब्यक्ती मिनराज तिमिल्सिनासंग मिलेर दुई दाजुभाई सुमन र निशान्तले पोखरा महेन्द्र पुलमा स्थापना गरेको “ कनेक्टिङ वल्ड एजुकेशन कोरियन भाषा सेन्टर” अहिले धेरै चर्चामा रहेको छ जहाँ दुई दाजुभाई संगै नै व्यस्त रहेकाछन् ।

हुन त नेपालमा सबै भन्दा बढी कोरियन भाषा अध्ययन गराउने भाषा सेन्टरहरु भएको शहर भनेर पोखरालाई भन्ने पनि गरिन्छ जहाँ नाम चलेका अन्य भाषा सेन्टरहरु पनि रहेकाछन । तर पनि यती धेरै भाषा केन्द्रहरु मध्ये यि दुई दाजुभाईले सन्चालनमा ल्याएको कनेक्टिङ वल्ड एजुकेशन कोरियन भाषा सेन्टर बढी नै चर्चामा रहेको देखिन्छ । स्थापना भएको छोटो अवधीमा नै यती चर्चामा रहेको उक्त भाषा सेन्टरले गत वर्ष ६४ प्रतिश त यो वर्ष ६२ प्रतिशत नतिजा दिएको छ । मिनराज तिमिल्सिना प्रवन्धक अनि दुई दाजुभाई शुमन थापा र निशान्त थापा संचालक तथा भाषा प्रशिक्षक रहेको उक्त भाषा केन्द्रको उत्कृष्ट पाठ्य सामाग्री , दक्ष तथा अनुभवी प्रशिक्षक,नियमित अभ्यास आदीका कारणले पनि अन्यको तुलनामा तारिफ योग्य छ । कोरियन गाइड, ईपियस भाषाको लागी प्रश्न/उत्तर संगालो, विशेष ईपियस अध्ययन पुस्तक  यस भाषा केन्द्रबाट प्रकाशित पुस्तकहरु साँच्चै प्रभावकारी भएको धेरैको मुखबाट सुन्न थालिएको छ । नेपालका अन्य भाषा केन्द्रहरुमा पनि यहाँबाट छपाईएका कोरियन पुस्तक र सामाग्रीहरुको माग आउन थालेको छ । पास भएका विद्यार्थीहरुलाइ बधाई तथा सम्मान अनी अध्ययन गर्न आउने नयाँ विद्यार्थीहरुलाइ भर्ना तथा परामर्श दिने जस्ता कार्यक्रमले पनी आजभोली यो भाषा केन्द्रमा धेरै चहलपहल बढेको पाईएको छ ।

यसरी नेपालबाट ईपियस भाषा परिक्षा पासगरेर कोरिया आइ काम गरेर बचेको खाली समयको सदुपयोग गर्दै ४ तह सम्मको कोरियन भाषा पास गर्दै सफलताका साथ ५ बर्षिय समय अवधी विताउनु एक उदाहरणिय र महत्वपुर्ण काम हो । कोरियामा सिकेको ज्ञान र अनुभव नेपालमा प्रयोग गर्नु अर्को झनै महत्वपुर्ण र उदाहरणिय काम हो । यस्ता उदाहरणिय र प्रगतिको कामहरु एउटा क्षेत्रमा मात्र हैन हरेक क्षेत्रमा गरिनुपर्छ र देखिनुपर्छ । यस्ता जोसिला र अनुभवी मनहरुलाई सबैले सलाम भन्नै पर्छ, अझ प्रगति र उन्नतीको कामना दिनैपर्छ, प्रतेक नेपालीको अब यसरी ध्यान जानैपर्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा
  • एभरेष्ट एफ सीद्वारा आयोजना हुने भनिएको एभरेष्ट कप स्थगित
  • गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका महासचिव अजय सोडारी बर्खास्त
  • नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको प्रवास संगठनबीच एकिकरण
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...