प्रथम नेपाल भलिबल कपको टाईसिट सार्बजनिक


लेसन गुरुङ,

नेपाल कोरिया भलिबल संघको आयोजनामा जुलाई १९ तारिख सउलमा हुन लागेको प्रथम नेपाल भलिबल कप 2018  मैत्रीपुर्ण  प्रतियोगिताको खेलतालिका (टाईसिट) सार्बजनिक गरिएको छ ।

संघको संयोजक भजिन्द्र क्षेत्रीको अध्यक्षतामा आइतबार दोइ०देमुनमा सम्पन्न बैठकले १८ टिमको नाम सहित खेलतालिका सार्वजनिक गरेको हो ।

कोरियन गर्मी विदाको अबसर पारेर आयोजना गर्न लागिएको “प्रथम नेपाल कप २०१८”मैत्रीपुर्ण भलिबल प्रतियोगितामा  पोल A बाट तनहुँ सम्पर्क समिति बीच स्याङ्जा परिवार, म्याग्दी मोना B बीच सिहङ्सी आनसान C, पुन समाज बीच गुल्मी सम्पर्क समिति,थेगु B बीच ठकुरी समाज भिड्नेछ भने आनसङ भलिबल टिम चाहिं बाई पाएर सिधै दोस्रो चरणमा प्रतिष्पर्धा गर्नेछ।

यसै गरि पोल B बाट म्याग्दी मोना A बीच आनसान A,विश्वकर्मा समाज बीच कास्की परिवार, बाग्लुङ् सम्पर्क समिति बीच तमू धीं कोरिया ,कालीगण्डकी ब्वाईज बीच आनसान B र थेगू A बाई पाएर सिधै दोस्रो चरणमा प्रवेश गरेका छन्।

अहिले सम्मकै सर्बाधिक पुरस्कार राशि राखिएको यस प्रतियोगितामा विजेतालाई नगद १५ लाख वन र उपविजेतालाई ११ लाख वन तोकिएको छ । त्यस्तै सेमिफाइनलिष्ट दुई टिमलाई क्रमशः नगद ४ लाखको पुरस्कार रहेको छ । साथै खेलाडीरुमा अन्य विधाहरु बेष्ट प्लेयर, बेष्ट स्पाईकर, बेष्ट लिफ्टर, बेष्ट ब्लकरको उपाधि समेत प्रदान गरिने छ ।

मिति :जुलाई 29,आईतबार 2018
समय:विहान 10:00 बजे देखि बेलुका 7:00 बजेसम्म
स्थान: 동대문 체육관
जाने तरिका: सौल मेट्रो लाईन नं 1 र 4 दोङ्देमुन स्टेशन गेट नं 4 बाट सिधा अगाडिबाट बस नं 2112,262,720 चढेर 동답한신 대림아파트 동대문구 체육관 बस स्टपमा झर्ने

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • विविध कार्यक्रम सहित कोरियामा वृहत दशैँ महोत्सव सम्पन्न
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...