नेपाल मगर संघ थेगु शाखाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा कुमार गर्बुजा।


– चिरन थापामगर, थेगु

नेपाल मगर संघ गणतन्त्र काेरिया थेगु शाखाकाे प्रथम अधिबेशन अाइतबार थेगुमा सम्पन्न भएकाे छ। उक्त अधिवेशनले कुमार गर्बुजा मगरको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जस अनुसार वरिष्ठ उपाध्यक्ष– ज्ञानु श्रीस मगर, उपाध्यक्ष– स्वरूप कुमार थापा मगर, महासचिव–चिरन थापा मगर, सचिव– खडक घर्ती मगर, कोषाध्यक्ष– चन्द्र थापा मगर, सह–कोषाध्यक्ष– जीवन बुढ़ा मगर तथा  संघमा आवद्ध सबै क्रियाशील सदस्य रहने गरी ४९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । नव गठित समितिको पहिलो बैठकबाट सल्लाहाकारहरू मनोनयन गर्ने र अन्य नयाँ सदस्यहरू थप्दै जाने गरी कार्यसमितिलाई खुला राखिएको छ ।

प्रवासी भूमी दक्षिण कोरियाको थेगु क्षेत्रमा विभिन्न कारणले रहेका मगर दाजुभाई तथा दीदीबहिनीहरूलाई एकत्रित गरी प्रवासमा आपसी भाईचारा, सद्भाव वृद्धि गर्ने , प्रवासी भूमीमा आई पर्ने बिभिन्न समस्याहरूलाई मिलेर सामना गर्दै , आफ्नो कला, धर्म, भाषा , संस्कृतिको संरक्षण र संवर्धनमा टेवा पुराउने उद्देश्यका साथ स्थापना गरीएको नेपाल मगर संघ गणतन्त्र कोरिया थेगु शाखाको प्रथम अधिवेशन भब्यताका साथ सम्पन्न भएको हाे ।

कार्यक्रम निवर्तमान अध्यक्ष शालिकराम पुलामि मगरको सभापतित्व, नेपाल मगर संघ कोरियाका उपाध्यक्ष नगेन्द्र मगरको प्रमुख आतिथ्यता , किम्हे बुसान शाखाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार भीषण पुर्जा मगरको बिशिष्ट अातिथ्यतामा भएको थियाे। उक्त कार्यक्रममा थेगु र थेगु क्षेत्र वरिपरी क्रियासिल रहेका नेपाल परोपकार समाज , वेगन नेपाली साथी समूह, स्यांजा परिवार , ख्यांसान माईग्रेन सेल्टर , वेगन नेपाली सेल्टर, थेगु सेल्टर, सोलखुम्बु समाज, विश्वकर्मा समाज कोरिया लगायत विभिन्न संघसंस्थाहरुको प्रतिनिधिहरुको उपस्थितिमा भव्य रुपमा सम्पन्न भएको थियो ।

मगर तथा ग़ैर मगर नेपालीहरुको उपस्थितिमा भएको कार्यक्रममा संघका महासचिव चिरन थापा मगरले हालसम्म संघले गरेको बिभिन्न गतिविधिहरुको प्रगती प्रतिबेदन र कोषाध्यक्ष चन्द्र थापा मगरले संघको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • दक्षिण कोरियामा “खुल्ला कोरियाव्यापी नेपाली कविता प्रतियोगिता” हुने
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...