प्रथम कन्काई कप फुटबल प्रतियोगिताको टाईसिट सार्वजनिक नेपाल फुटबल महासंघ दक्षिण कोरिया र पुर्वाञ्चल ११ का भु.पु. खेलाडीहरूको मैत्रीपूर्ण खेल हुँदै।


झापा मिलन समाज दक्षिण कोरियाको आयोजना र झापा एफ सीको विशेष सहयोगमा” प्रथम कन्काई कप २०१८” नामक फुट्बल प्रतियोगिताको खेल समय तालिका अाइतबार सार्वजनिक गरेको छ। समाजका अध्यक्ष राजु सन्तोषी थापाको अध्यक्षतामा कुल २० टिमको सहभागिता सहित “खेलकुदको विकास,अनुशासन र गतिशीलता, प्रवासमा पनि हाम्रो योगदान र निरन्तरता” भन्ने मुल नारा सहित झापा एफ सी आपतकालीन राहत कोष स्थापनार्थ यहि जुलाइ २९ तारिक सिओलको सोयोसन फुटबल ग्राउन्ड र दोङदुछन फुटबल ग्राउण्डमा सम्पन्न गर्ने गरी टाईसिट कार्यक्रम सम्पन्न भएको छ ।

यसपाली अत्याधिक गर्मी मौसमको कारणले पहिलो राउण्डमा १ घण्टा २० मिनेट र क्वार्टर फाइनल र फाईनलमा करिब ४० मिनेट आराम समय मिलाएर तालिका सार्वजनिक गरेको जनाएको छ। यसैगरी आराम समयमा नेपाल फुटबल महासंघ दक्षिण कोरिया र पुर्वाञ्चल ११का भु.पु. खेलाडीहरू बिच पनि मैत्रीपूर्ण खेल हुने भएको छ। खेलाडीहरूको उमेर हद ४० वर्ष काटेकोले मात्र सहभागी हुन सक्ने जनाएको छ।

यसैगरी प्रतियोगितामा सहभागी जम्मा २० टिम मध्येमा १२ खेल सोयोसान फुटबल ग्राउण्डमा र ८ खेल दोङदुछन फुटबल ग्राउण्डमा गर्ने गरि औपचारिक कार्यक्रम र फाईनल खेल भने सोयोसान फुटबल ग्राउण्डमा सम्पन्न हुने जानकारी दिएको छ। प्रतियोगिता बाट प्रथम हुने टिमलाई नगद २५ लाख कोरियन वन र द्वितीय हुने टिमलाई नगद १२ लाख कोरियन वन सहित ट्रफी, प्रमाणपत्र,मेडलले सम्मानित गरिनेछ। साथै उत्कृष्ट गोलकिपर , धेरै गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट टिमलाई लाई पनि उचित पुरुस्कार तथा प्रमाणपत्र सहित सम्मानित गरिने कुरा जानकारी भएको छ।

फुटबल प्रतियोगिता सगै बिभिन्न नेपाली खानाका परिकारहरु बनाइने आयोजकले जानकारी दिएको छ।फुटबलको रमाइलो सगै नेपाली खानाको स्वाद पनि लिन सकिने छ । प्रतियोगिता भब्य सभ्य र आनुशासित भएर गराइने समाजका अध्यक्ष राजु सन्तोषी थापाले बताएका छन्। कोरियामा विभिन्न पेशामा आबद्ध रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ। उक्त प्रतियोगितामा फुटबलको मजा सहित नेपाली खानाको परिकारहरूको स्वाद पनि लिन सकिने छ। प्रथम कन्काई कप फुटबल प्रतियोगितालाई सभ्य र भव्यरुपमा सफल बनाउनका लागि सम्पूर्ण झापाली, समाजसेवी लगायत सम्पूर्ण महानुभावहरुमा सहयोग गरिदिनुहुन समेत अनुरोध गरेको छ।

सहयोगको लागि सम्पर्कः राजु सन्तोषी थापा ०१०६२४५२४६९ रकम जम्मा गर्नको लागी खाता नं. LIMBU KABI RAJ KEB 하나 은행 ( 외환) a/c no: 620223480004 सम्पर्क: ०१०४६९४८४९१

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • एनसिसिको सहजिकरणमा सलनालको कार्यक्रम बाँडफाँड, कास्की र खोटाङलाई स्विकृत
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...