कोरियाबाट नेपाल फर्किएकाहरुको लगानी सम्बन्धी बृहत छ्लफल तथा गाउपालिका अध्यक्ष मेजर राईलाइ सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं: कोरियाबाट नेपाल फर्किएकाहरुको लगानी सम्बन्धी गत शनिबार काठमाडौंमा बृहत छ्लफल कार्यक्रमको आयोजना गरियो । सोही अवसरमा कोरियाको रोजगारी छोडेर नेपाल आइ उदयपुर जिल्ला लिम्चिम्बुङ गाउँ पालिकाको अध्यक्ष पदमा निर्बाचित उदाहरणिय जनप्रतिनिधि मेजर राई (मिजास किराती ) लाई कोरियाबाट छुट्टिमा आएका र कोरिया बसाइ पूरा गरि नेपालमै विभिन्न उध्योग ब्यवसाय, राजनिती, साहित्य, सङ्गित लगायत अन्य विभिन्न क्षत्रमा सकृया युवा समुहले गत सनिबार राजधानिको सातदोबाटोमा अवस्थित सम्ग्यपसाल कोरियन रेस्टुरेन्ट एन्ड सेकुवा कर्नरमा आयोजित एक कार्यक्रममा भब्य सम्मान गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै अध्यक्ष मेजर राईले कोरियामा आफुले भोगेको दु:खको अनुभबहरु सुनाउदै केही समय कोरिया लगायत अन्य प्रबासी भुमिमा बसेता पनि त्याहा आर्जन गरेको ज्ञान, सीप र पैसालाइ नेपालमै लगानी गरेर आफ्नो देशको बिकासमा सहभागी बन्न सल्लाह दिदै त्यस्को लागि आफुले सक्दो सरकारी तवरबाट साथै आफ्नो ब्यक्तिगत तवरबाट सहयोग गर्ने र आफ्नो जनताहरुको लागि अझै अहोरात्र खटिरहने प्रतिबद्दता ब्यक्त गर्नुभयो। साथै, नेपालमा लगानिको लागि निर्माण क्षत्र ,कृषि क्षत्र र पर्यटन क्षत्र मा अति नै राम्रो सम्भावना रहेको हुनाले कोरियामा कार्यरत र नेपाल फर्केका सम्पुर्णलाइ यी तिन क्षत्र लाई केन्द्रमा राखेर लगानी गर्न सुझाब दिनुभएको थियो ।
विशेष गरि कोरियाको आकर्सक तलब सुबिधालाइ बिचमै छोडेर नेपाल आइ आफ्नो गाउँ र देशको लागि काम गर्ने जुझारु युवा नेता मेजर राईको दृढ अठोट साहस अनि सफल्तालाई हेर्दा प्रबासिएका लाखौ नेपालीलाइ प्रेरणा मिल्ने भएकोले र दिन रात नभनी देश र जनताकोलागि वहाले गर्नुभएको कामलाइ उच्च सम्मान गर्दै वहामा अझ यस्तै काम गर्ने उर्जा थपियोस भन्ने धेयका साथ राईलाई सम्मान गरिएको हो ।
कार्यक्रममा मेगा इन्जिनियरिङका सन्चालक तथा पत्रकार उमेश सेरालुङ, राजनितीकर्मी तथा मोडेल सन्जिब राई, किराया तथा जनजाती महा सघ बुसान कोरियाका प्रतिनिधि मिलन सोझे ,कवि तथा चर्चीत गितकारद्वेय सुनिल दिप्त राई मिलन किराती ,चर्चित गायिका मनिता राई , समाजसेवी तथा गित सङ्गितमा सम्बद्द सुरेन बान्तावा, बिनोद बान्तावा राई, निशा चाम्लिङ लगायत अन्य ब्यक्तीहरुको उपस्थित रहेको थियो ।