आनन्द आफै भित्र छ- ( गजल )
आनन्द आफै भित्र छ भौतारिन्छ खोज्दै बाहिर।
यो नि मेरै त्यो नि आफ्नै पाए जती रोज्दै बाहिर ।।
भाको चिजमा सन्तुस्ट छैन उ गुनासो बाड्दै छ।
अस्थिर मन छट्पटीमै नभाको सोच्दै बाहिर।।
मनै बसमा नभए पछी दोस देख्छ अरुमा ।
गल्ती छ उसैको हिड्छ अरुलाई घोच्दै बाहिर ।।
नराम्रो चिज फाल्ने सहासै छैन लोभको कुम्लो।
बिकारले भर्दै मन खट्छ अझै कोच्दै बाहिर ।।
आनन्दको रस्सस्वाद तीमी भित्रै छ चाखी हेर।
भित्रै डुब्नु ,मील्दैन मीठास नीचोड्दै बाहीर।।
__________________
आरडी. धनुश रानामगर
(नवलपुर )