छुसकमा हुन गइरहेको रिदम लाइभ कन्सर्ट-२०१८ को ब्यान्ड तथा कलाकार सार्वजनिक


अागामी छुसककाे अवसरमा सेप्टेम्बर २४ तारिख प्रदेश नं. ३ अन्तरगत काभ्रे सम्पर्क समिति र धादिङ समाजले काेरियामा अायाेजना गर्ने रिदम लाइभ कन्सर्ट २०१८ काे ब्याण्ड तथा कलाकारहरू सार्बजनिक गरेकाेछ।

नेपाली गित संगितमा बिश्वलाइ नचाउन र चिनाउन साँगितिक यात्रामा निस्केका सदाबहार लोकप्रिय गायक दिपक बज्राचार्य तथा रिदम ब्यान्डलाइ अामन्त्रण गरिएकाेछ भने बिभिन्न बिधाका समाबेशी तवरमा छनौट गरिएका अन्य चर्चित कलाकारहरुमा चर्चीत  लाेकदोहोरी गायिका बबिता बाँनिया (जेरि ), नव उदयमान चर्चीत गायिका पुर्णिामा लामा , मोडल तथा हट डान्सर अञ्जली अधिकारी, मोडल तथा चर्चित कलाकार रक्षा श्रेष्ठ , चर्चित हाँस्य कलाकार तथा उद्घोषक राजा राजेन्द्र पोखरेल सहितको लोकप्रिय कलाकारहरुको जम्बो टोलि कार्यक्रममा छनौट गरि निमन्त्रणा गरेको कार्यक्रम संयोजक तथा काभ्रे सम्पर्क समितिका अध्यक्ष सिताराम तिमिल्सिनाले बताएका छन्|

प्रवाशी नेपाली एकता,आजको आवश्यकता! सामाजिक सेवामा हाम्रो सामुहिक प्रतिबद्धता ! नारा सहित कोरियाको महान पर्व छुसकको अवसर पारेर यहीँ आँउदो (september 24-2018) तारिखको दिनमा नेपाली समुदाय तथा एन. सि. सि. संस्थाको कार्यक्रम बिभाजनमा छलफल र सहमति पश्चात सर्वसम्मत अनुमति प्राप्त गरि कोरियामा गठीत प्रदेश न. ३ भित्रका दुबै जिल्लाको एकता र संयुक्त प्रयासमा कोरियामा पहिलो पटक आकर्षक उत्कृष्ट चर्चित कलाकारहरुको साथमा नौलो मनोरञ्जनात्मक साँगितिक माहोलमा धादिङ समाज तथा काभ्रे सम्पर्क समितीको संयुक्त आयोजनामा सदाबहार युवा पुस्ताको लोकप्रिय चर्चित ब्याण्ड तथा अहिले चर्चाको शिखर चुमिरहेका , यु-ट्युब तथा सामाजिक संजालमा भाइरल भइरहेका चर्चित कोरियामा पहिलोपटक प्रस्तुति पस्कने विभिन्न बिधाको लोकप्रिय चर्चित कलाकारहरुको साथमा बेजाेड प्रस्तुति सहित (“रिदम लाइभ कन्सर्ट & सांगितिक धमाका २०१८ सियोल ) नामक कार्यक्रम हुन गइरहेको धादिङ समाजका अध्यक्ष तथा अर्का कार्यक्रम संयोजक सन्तोष अधिकारीले जानकारी गराएका छन्। अन्तर्राष्ट्रिय स्तरको सम्पुर्ण सुबिधा सम्पन्न YES24 LIVE HALL (गत सलनालमा बिपुल क्षेत्रीको कन्सर्ट गरेको हल) मा ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।

यस सांस्कृतिक कार्यक्रमको प्रमुख उदेश्य भनेको उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन दिनुका साथै उक्त कार्यक्रमबाट संकलन सहयोग रकम दुबै आयोजक संस्था को जिल्लाको विकट र एम्बुलेन्स अभाव रहेको ठाँउमा एम्बुलेन्स सहयोग गरिने उदेश्यले कार्यक्रम आयोजना गरिएको हाे कार्यक्रम संयाेजक सन्ताेष अधिकारीले भने।

एम्बुलेन्स अभावमा बिरामिलाइ समयमा नै हस्पिटल पुर्याउन नसक्दा धेरैको ज्यान गएको दु:खद खबर बेला बेलामा हामिले सुन्दै र भोग्दै आएका छौ ।स्वास्थ्य क्षेत्रको यहि समस्या र अभाबलाइ मध्येनजर गर्दै र प्रवाशमा रहेर पनि आफ्नो माटाेको लागि केही योगदान पुर्याउने हेतुले दुबै क्षेत्रको विकट गाउँ/ भेगमा एम्बुलेन्स सहयोग गर्ने पबित्र उदेश्य बोकेर आयोजना गर्न लागिएको यस मनोरञ्जनात्मक परोपकारी कार्यक्रम भब्य र सभ्य रुपमा सफल बनाउन आ- आफ्नो ठाँउबाट सक्दो साथ र सहयोग पुर्याइदिन हुन कोरियामा रहनु भएका नेपाली समुदाय ,संघ संस्था, पत्रकार, समाजसेवी, अग्रज, बुद्धिजीवी, ब्यापारी, बिद्यार्थी तथा विभिन्न भिसामा रोजगारको शिलशिलामा रहनु हुने समस्त नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुमा आयोजक संस्थाले अपिल गरेको छ ।

साथै यस दिन छुसक कार्यक्रम बाँडफाँडबाट सहमतिमा कार्यक्रम गर्न अनुमती पाएका संस्था बाहेक अन्य संघ संस्था र समुहले अन्य कार्यक्रम नजुधाइ दिन हुन पनि आयोजक दुबै संस्थाले अनुरोध गरेको छ।

१०१ सदस्यीय कार्यक्रम मुल आयोजक कमिटि गठन गरि सचिवालय तथा विभिन्न उप समितीहरु गठन /निर्माण गरि कार्य बिभाजन गरेर कार्यक्रमको तयारी द्रुत गतिमा ब्यबस्थित रुपमा अघि बढेको कुरा कार्यक्रम सचिवालय सचिब राजेन्द्र दुलालले फाेनिज काेरियालाइ बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
  • तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा
  • सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले “१० औँ वार्षिक उत्सव” भव्यताका साथ मनायो
  • पूर्वी नेपाल समाजको “देउसी भैलो ” कार्यक्रम सम्पन्न
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...