दक्षिण कोरियाको किम्हे- वुसान क्षेत्रमा विगत दश बर्ष देखी सक्रिय रुपमा काम गर्दै आउनु भएका पत्रकार अशोक पोख्रेललाई शनिबार विदाई कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघ कोरिया र न्यू भिजन ग्रुपले संयुक्त रुपमा पोख्रेललाई विदाई गरेको हो ।
वुसान-किम्हे क्षेत्रमा विगत १० बर्ष देखी आफ्नो कार्यक्षेत्र बनाएका पोख्रेल सन २००८ सालमा कोरिया प्रवेश गरेका थिए। ईपियसबाट कोरिया आएका पोख्रेल दोस्रो कार्यकालको अवधी सकेर नेपाल जान लागेका हुन। किम्हे, वुसान, याङसान,उल्सान, गजे वरपर रहेका शहरहरुमा समाजसेवी भनेर परिचित पोख्रेल कलम चलाउन पनि त्यतिकै सक्रिय रहेका थिए । आफ्नो डिउटी अवधी बाहेक बचेको समयमा परदेशी लाईफ,फोनीज कोरिया,नयाँ दैनिकी आदी अनलाईन मिडियामा पोख्रेलले कलम चलाएका हुन । कोरिया पत्रकार महासंघका अध्यक्ष खेमराज कार्की,न्यू भिजन ग्रुपका संयोजक अनिश गुरुङ,सचिब विविन्द्र राई, सल्लाहकार भुवन बस्नेत लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधीहरुले पोख्रेललाई सफल रुपमा कार्यअवधी कटाउन सकेकोमा बधाई दिंदै सफल यात्राको कामना पनि गरेका थिए ।