Advertisement
SKIP THIS

यही आइतबार थेजनमा साहित्यकार प्रगति राईको एकल कविता वाचन साथै एसवि आइ रेमिटको सेवा उपलब्ध हुने


नेपाल कोरिया कल्चर सेन्टरको आयोजनामा यही आइतबार दक्षिण कोरियाको थेजन शहरमा कवि तथा लेखक प्रगति राई एकल कविता वाचनमा प्रस्तुत हुने भएका छन् । उनी आफ्ना केही चर्चित र नयाँ कवितासाथ प्रत्यक्ष प्रस्तुत हुने भएका हुन् । लेखक राई आफ्नो पछिल्लो कृती बिर्सिएको मृत्यु नामक उपन्यास लिएर कोरिया आएका हुन् । जीवनका विभिन्न आयम सहित बैदेशिक पलायनले निम्ताएको दुःख र आतकंलाई प्रस्तुत गरिएको यस उपन्यासलाई धेरैले रुचाएका छन् । प्रदेशी भूमि कोरियामा रहेका नेपालीहरुको लागि पनि सो उपन्यास सान्दर्भिक रहेको छ । विशेष गरी महिला मुद्याका विभिन्न आयममा कलम चलाउदै आएकी लेखक राईका यस अघि लेखककी स्वास्नी नामक उपन्यास र बादी विज्ञप्ति नामक कविता संग्रह प्रकाशित भैसकेको छ । राईको हरियो कोरियाको गीत , बादी विज्ञप्ती, सपनाको आतंक र रुखलगायत कविताहरु लोकप्रिय रहेका छन् । साथै कार्यक्रममा एसबिआई रेमिटेन्सको सेवा पनि उपलब्ध गराउने भएका छन् । एसबिआई रेमिटेन्सका बजार व्यवस्थापक सरोज खडक उपस्थित भएर विस्तृत जानकारी दिइने भएका छन् । थेजनमा पहिलो पटक रेमिटेन्स सम्बन्धी सेवा उपलब्ध गारउने भएका हुन् ।

कार्यक्रम हुने मिती र स्थान

मिती : २०१८ अगष्ठ १२,  आइतबार

समय : दिनको १२ बजे ।

स्थान : सगरमाथा रेष्टुरेन्ट , थेजन यक (थेजन यकबाट पैदल सय मिटर जति दुरी)

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...