फेरि कोर्नुछ नक्सामा गाउ
सन्तलाल तामाङ ‘यामदास’
यार
हामीले कोरेको हाम्रो गाउँ
उस्तै छ कि कोरिएको छ
साथि????
पर देउरालीबाट
औँलाले जोडिएको रोड
जोडियो कि?
हाम्रो गाँउलाई गिज्याई रहेछ?
पारी मोक्तान गाँउमा
हरेक रात चम्किने बिजुली बति
वारी हाम्रो गाँउमा पनि
बलेको छ कि?
कि सधैँ झैँ हाम्रो गाउँ
तारा चम्किने रात कुरिरहेको छ?
हामीले पानापाना
कोरिरहेको हाम्रो गाँउको नक्सा
पूरा बनाउन नपाउदै
नक्सा भित्रको गाउँ
नक्सामा नै छोडेर
कसैको देशको माटो उमार्न
पर्देसीनु पर्दाको कथा
लेख्नु छ मलाई।
हामीले कोरेको नक्सामा
अझै रङ्गिनँ रङँहरु थपियो कि?
कि नक्सामा भन्दा पनि
कमजोर बनेको छ गाउँ?
मैले सुनेको
गोठालो लाग्ने बाटो सुनसान छ रे
पँधेरी झर्ने ओराली उदास छ रे
कोहिली गाउने पाखा उराठ छ रे
बाँसुरी बज्ने चौतारी एक्लो छ रे।
के साँच्चै?
मलाई जस्तै
छानोको पीडा
मानोको पिर
चोलिको आँसु
र
भोलीको चिन्ता
तिमीलाई पनि लाग्यो र?
कि सबैसबै
हाम्रा सखसखिहरु
सबैलाई लाग्यो???
मलाई फिर्नु छ
मेरो माटोमा।
तिमीले पनि
फर्कनु छ साथि।
फेरि एक पटक
कोर्नु छ हाम्रो गाँउको नक्सा
अनि थप्नुछ
नक्साभरी रङ्गिन रङँगहरु
जोड्नुछ देउराली टुटाएको बाटो
गुन्जाउनु छ बाँसुरी
अनि
गाँउनु छ आफ्नै माटोको गीत।