नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दक्षिण कोरियाको यही आइतबार अगष्ट १९ तारिख थेजनमा दोस्रो अधिवेशन गरिने भएको छ । अधिवेशनमा कोरियामा रही विभिन्न मिडियामा संलग्न रहेका आदिवासी जनजाति मूलका पत्रकारहरुवीच एक आपसमा परिचय गरी आगामी दिनमा स्तरिय पत्रकारिता बारे छलफल गरिने छ । साथै कोरियाका विभिन्न पत्रकारिताबारे विचार विमर्श गरी फोनिज कोरियाको भावी कार्यनीति तय गरीने छ ।
आदिवासी जनजनतिका संस्कृती तथा पहिचानका सवाल र मुद्यालाई मिडिया उठान गरिने बारे पनि आवश्यक छलफल गरिने भएकाले कोरियामा रहेका आदिवासी जनजाति संघ संस्था र पत्रकारितामा संमलग्न सबैलाई उपस्थित भइदिनुहुन आयोजकले हार्दिक आग्रह गरेको छ ।
सोही अवसरमा केइबी हाना बैंकका विदेशीलाई लक्षित गरी ल्याएका इजि वन र रेमिट सेवाबारे जानकारी गराइने छ । कार्यक्रममा केइवि हाना बैंकका कर्मचारीबाट यी नयाँ सेवा सुविधा बारे विस्तृत जानकारी सहित खाता खोल्ने व्यवस्था पनि गरिने छ । खाता खोल्न इच्छुकले आफ्नो पास पोर्ट र आइडि कार्ड लिएर आउनु पर्ने हुन्छ ।
कार्यक्रम हुने मिती र स्थान निम्न अनुसार रहेको छ ।
मिती: २०१८ अगष्ठ १९ तारिख , आइतबार
समय: दिनको १२ बजे
स्थान: सगरमाथा रेष्टुरेन्ट, थेजन यक