एम्बुलेन्स सेवा सहयोगार्थ कोरियामा रिदम लाइभ कन्सर्ट गरिने


 

धादिङ र काभ्रे जिल्लाको विकट क्षेत्रमा एम्बुलेन्स सेवा सहयोगार्थ यहि आउँदो सेप्टेम्बर २४ तारिख रिदम लाईभ कन्सर्ट एन्ड साँगितिक धमाका कार्यक्रमको आयोजना गरिने भएको छ । कोरियाली महान चाड छुसकको दोस्रो दिन काभ्रे सम्पर्क समिती र धादिङ समाज कोरियाको सँयुक्त आयोजनामा हुन लागिरहेको रिदम लाईभ कन्सर्ट एन्ड साँगितिक धमाकाको बारेमा बिस्तृत जानकारी गराउन यहि अगष्ट २६ तारिख पत्रकार सम्मेलन गरिने भएको छ । कोरियाको राजधानी सउलस्थित नेपाल हाउसमा दिनको १२ बजे सुरु हुने उक्त पत्रकार सम्मेलनमा कोरियामा रहेका सम्पुर्ण पत्रकार तथा बुद्धिजिबि बर्गको उपस्थितिको लागि आयोजकले आग्रह गरेको छ । स
म्मेलनमा कार्यक्रमको लक्ष्य र उदेश्य प्रष्ट पारिने आयोजकले जनाएको छ ।

उक्त सांगीतिक कार्यक्रममा नेपालका चर्चित गायक दिपक बझ्राचार्य र रिदम ब्यान्डको साथै चर्चित मोडेल तथा डान्सर अञ्जली अधिकारी, नव उदयमान गायिका पुर्णिमा लामा,चर्चित मोडेल तथा कलाकार रक्षा श्रेष्ठ, चर्चित कमेडियन राजा राजेन्द्र पोखरेल अनि चर्चित दोहोरी गायिका बबिता बानिँया (जेरि) सहित स्थानिय कलाकारहरुको YES 24 LIVE HALL मा बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा कोरियामा रहेका बिभिन्न संघ संघ संस्थाका प्रतिनिधी, सम्पूर्ण पत्रकारजन र कार्यक्रमको मिडिया पार्टनर हरुलाई बिशेस उपस्थितिको लागि पनि कार्यक्रम आयोजकले हार्दिक निमन्त्रणा गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...