कोरियामा तेस्रो गुनसान नेपाल कप फूटबल प्रतियोगिता – २०१८ हुने


कोरियाली महान चाड छुसकको अवसर पारेर गुनसान नेपाली समाजले तेस्रो गुनसान नेपाल कप फूटबल प्रतियोगिता – २०१८ (3rd GUNSAN NEPAL CUP FOOTBALL TOURNAMENT-2018) को आयोजना गर्ने भएको छ । दक्षिण कोरियामा विविध पेसा, व्यवसायमा आबद्ध रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमाझ आपसी सद्भाव, भ्रातृत्व र एकता विकास गर्ने उद्देश्यका साथ विगत तीन वर्षदेखि आया्ेजना गर्दै आएको गुनसान नेपाल कप फुटबल प्रतियोगिता – २०१८ को टिम दर्ता आह्वान सम्बन्धी सूचना जारी गरेको छ । दक्षिण कोरियामा रहेका विविध नेपाली संघ-संस्थाहरू माझ पृथक पहिचानका साथ परिचित, गुनसान नेपाली समाजले सर्वप्रथमतस् सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता सभ्य एवम् भव्य रुपमा आयोजना गरि सफलतापुर्वक सम्पन्न गर्दै आएको छ ।

विदेशी भुमिमा व्यस्तताका बाबजुद पनि फुटबललाई माया गरी खेल-विकासमा योगदान पुर्याउनुहुने खेलप्रेमी खेलाडी साथीहरूको भावनालाई उच्च कदर गर्दै आयोजना गरिने फुटबल प्रतियोगिता छुसकको पहिलो दिन सेक्टेम्बर २३ तारिखका दिन दक्षिण कोरियाको झल्लाबुक्दो, गुनसान स्थित ओसिक्दो दोङ्गको २ वटा खेलमैदानमा खेल संचालन हुने भएको छ ।

उक्त प्रतियोगितामा बिजेता टोलीलाई  ३० लाख कोरियन वोन तथा उप-बिजेतालाई  १५ लाख कोरियन वोन साथै ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी प्रतियोगितामा उत्कृस्ट खेलाडी,  सर्बाधिक गोलकर्ता, उत्कृस्ट गोलरछकलाई ट्रफी, मेडल र प्रमाणपत्र द्वारा सम्मान गरिनुका साथै प्रत्येक खेलबाट पनि MAN OF THE MATCH बन्ने खेलाडीलाई मेडल तथा प्रमाणपत्र द्वारा सम्मान गरिने छ भने अनुसासित टोलि तथा उत्कृस्ट व्यवस्थापकलाई पनि सम्मान गरिने भएको छ ।

त्यस्तै उक्त प्रतियोगितामा आउनुहुने सम्पूर्ण खेलाडी तथा खेलप्रेमी महानुभावहरुलाई गुनसान नेपाली समाजको तर्फबाट नेपाली खानाको निसुल्क व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन चाहनुहुने फुटबल टिम तथा सस्थाहरुले यहि अगस्ट २५ देखि सेक्टेम्बर १५ तारिखसम्म टिम दर्ता गरिसक्नु पर्ने छ भने सेक्टेम्बर १६ तारिख खेलको टाइसिट गरिने छ ।
टिम दर्ता सथौ अन्य बिस्तृत विवरणको लागि सम्पर्क:

Entry Date – 25th august 2018 to 15th September 2018

Match Draw date – 16th September 2018

१। अमित योङहाङ लिम्बू -अध्यक्ष, 010-58082127
२। पदम धामी ‘पाइला’ -सचिव, 010-55126256
३। नबिन थापा (Entry Enquiry) – 010-76141466
४। संजिव श्रेष्ठ, 010-79303051

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...