ब्याख्या
यामदास घायल ‘सन्तलाल’
म
नाम्सानबाट
सगरमाथाको चुचुरो
चिनाई रहेछु।
उ ………
त्यो…….
आँखाको केन्द्रले
केन्द्रित गर्न गार्हो मान्ने
सेतो टाकुरा
मेरो देशको सगरमाथा हो।
सगरमाथाको कथा
सुनेका छौ??
नालापानीमा
आधुनिक हतियारहरु
खुकुरीसँग हारेको कथा
बन्दुकका गोलीहरु
ढुुङ्गासामु झुकेको कथा
पक्कै सुनेको हुनुपर्छ।
नत्र
कसरी रह्यो तिम्रो देशमा
‘नेपालका सिस्नु र अरिङ्गाल पनि
आफ्नो राष्ट्रियताका लागि
दुस्मनसङ्ग सिगौरा खेल्छन् रे’
भन्ने कथन????
हो
त्यहाँका मौरीहरु
देश गुनगुनाउछन्।
त्यहाँका फूलहरु
देश मुस्कुराँउछन्।
त्यहाँका पहाडहरु
देश बोक्छन्।
त्यँहाका हिमालहरु
सिर ठडाँउछन्
र
बिस्वमा आफ्नो अस्तित जगाँउछन्।
हो
तिनै सिर हो
सगरमाथा।
जसरी
त्यो सेतो टाकुरा
विश्वसामु ठडिएको छ
आफ्ना स्वधिनतामा
त्यसरी नै
नेपाली सिर
सगरमाथाको सिरमा
ठडिएको छ।
तिम्रो देशले अनिकाल भोगिरहँदा
अनिकाल टारीदिने
त्यो सगरमाथाको माटो
अझै उस्तै उर्बर छ
उब्जन्छ पसिनाको फल
त्यो माटोमा।
यहि नाम्सानको फेदमा बसेर
म एकदिन व्याख्या गर्नेछु।
सगरमाथाको सिरबाट
अनिकाल उदाउन थालेपछि
अनिकाल बोकेर
अनिकालकै देश
‘नाम्सान’को फेदसम्म झर्नु परेको कथा।