फोनिज कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा गोकुल थोकर
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) दक्षिण कोरियाको अध्यक्षमा गोकुल थोकर निर्वाचित भएका छन् । दक्षिण कोरियाको थेजन सहरमा भएको दोस्रो अधिबेशनले फोनिज डट नेटका सम्पादक गोकुल थोकरको अध्यक्षतामा १० जनाको कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा बाला राई, सचिवमा रेश्मा राई, सहसचिवमा शेर साङ्बो शेर्पा, कोषाध्यक्षमा अमिर योञ्जन र सदस्यमा सिमा लामा, बिमल लामा, शन्तलाल घिसिङ, लेशन गुरुङ, उत्तम खाजुम चयन भएका छन् ।
अधिबेशनका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष खेम कार्कीले विदेशमा भए पनि पत्रकारिताका क्षेत्रमा लागेर केही गर्न खोज्नु राम्रो भएको प्रतिक्रिया दिए । कार्यक्रममा आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको सचिव युगेल तेन्डुप शेर्पा, तामाङ पत्रकार संघ कोरियाको अध्यक्ष सिमा लामा, शेर्पा संघ कोरियाको अध्यक्ष शेरसाङ्बो शेर्पा, नेपाल फुटबल महासंघ कोरियाका अध्यक्ष कृष्ण तमु, पासाङ नोर्बु शेर्पा, थेजन नेपाली समाज कोरियाको अध्यक्ष गोबिन्द बस्तोला शुभकामना मनतब्य दिएका थिए ।
प्रवास शाखा कोरियामा २०१३ मा स्थापना भएको थियो । अधिबेशनमा फोनिज शाखाको स्थापना गर्न विशेष योगदान दिने फोनिज डट नेटका प्रकाशक देबेन्द्र सम्वाहाङ्फेलाई सम्मान गरेको छ ।