संघीय समाज दक्षिण कोरियाले नयाँ मुलुकी ऐन संसोधनको माग राख्यो
नेपली संघीय समाज दक्षिण कोरियाले नयाँ मुलुकी ऐन संशोधन गर्न माग गरेको छ । आइतबार सउलमा भएको समाजको बैठकले यस्तो निर्णय गरेको हो ।
संघीयता, धर्म्निरपेक्षता, बहुजातीय, बहुसांस्कृतिक विविधताको प्रतिकुल हुने गरी मुलुकी ऐन ल्याइएकाले यथाशिघ्र संशोधन गर्न सरकारसँग माग गरिएको हो । समाजका अध्यक्ष महेन्द्र राईद्धारा हस्तक्षर गरिएको प्रेस विज्ञप्ती भनिएको छ । जारी गरी मुलुकी ऐन २०७४ ले लामो संघर्ष र जनताको बलिदानबाट प्राप्त भएको उपलब्धीलाई नै धरापमा पार्न सक्ने भएकोले संशोधन गर्नु पर्ने उल्लेख गरिएको छ । साथै स्थानीय तहमा दोहोरो कर प्रणालीले जनताको जनजिवनमै असर परेकोले त्यस्ता निर्णय फिर्ता गर्न माग गरेको छ ।