लम्जुङ एफ सी आपतकालिन राहत कोष स्थापनार्थ तेस्रो मर्स्याङ्दी च्यम्पनसीप हुँदै
कोरियाको वर्ष छुुसको अवसर पारेर लम्जुङ एफ सीले तेस्रो मर्स्याङ्दी च्यम्पनसीप फुटबल गेम आयोजना गर्ने भएको छ । आपतकालिन राहत कोष स्थापनार्थ आयोजना गर्न लागेको उक्त फुटबल गेममा सहभागी हुनको लागि तीनलाख वन शुल्क ताकिएको छ । प्रतियोगितामा भाग लिनका लागि यहि आइतबारदेखि दर्ता प्रक्रिया सुरु हुने भएकोले सम्पूर्ण संघ संस्था तथा एफ सीहरुले छिटो भन्दा छिटो दर्ता गर्नको लागि पनि आयोजकले आग्रह गरेको छ ।
लमजुङ हामी जन्म भुमी लमजुङ हाम्रो सान हो।प्रबासी भुमिमा एकता र सहयोग गर्ने हाम्रो पहिचान हो भन्ने नारा सहित लमजुङ एफ सि ले आयोजना गर्न लागेको उक्त प्रतियोगिता सेक्टेम्बर २५ तारिख दुङ्दुचन फुटबल खेल मैदानमा हुने भएको छ । ठूलो धन रासीको पुरस्कार राखिएको उक्त तेस्रो मर्स्याङ्दी च्याम्पियनसीपमा पहिलो पुरस्कार ३० लाख वोन रहेको छ भने दोस्रो पुरस्कार १८ लाख वोन रहेको छ त्यस्तै उत्कृष्ट किपर उत्कृष्ट खेलाडी हाइ स्कोरलाई पनि पुरस्कार रहेको छ ।
फुटबल महा संघ दक्षिण कोरियाको नियम अनुसार प्रत्येक बर्ष कोरियाली चाड छुसकको अवसरमा कोरियामा रहेको नेपाली फुट्बल क्लबहरुले आलो पालो फुटबल गेम गर्दै आएको छ ।त्यसै अनुसार यो बर्ष लमजुङ एफ सि ले आयोजना मौका पाएको हो । लमजुङ एफ सिले कोरियामा स्थापन भए देखि कोरिया मा हुने विभिन्न फुटबल गेम हरुमा भाग लिदै सहयोग र सहकार्य गर्दै आएको छ ।
खेलको सम्पूर्ण नियम टिम दर्ता देखि खेलमा हुने सबै विविधत विषयहरु फुटबल महासंघ दक्षिण कोरियाको नियाम अनुसार हुनेछ।