कोरियामा पत्रकारिता तालिम हुँदै


नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र तामाङ पत्रकार संघ दक्षिण कोरियाले यही सेप्टेम्बर ९ तारिख आइतबार एक दिने आधारभूत समाचार लेखन तालिम गर्ने भएको छ । सउलमा हुने कार्यक्रममा पत्रकार गोकुल थोकर, बाला राई र डम्बर सुब्बाले तालिम दिनेछन् ।

‘विदेशमा भएका साथीहरु समाचार लेख्न चाहन्छन् तर सिप र शब्दको प्रयोग गर्न जान्दैनन् । त्यस्ता साथीहरुका लागि यो तालिम हो’, आयोजक संस्था तामाङ पत्रकार संघ, दक्षिण कोरियाका अध्यक्ष सिमा लामाले भनिन् । ‘दक्षिण कोरियामा बसेर पत्रकारिता सिक्न चाहनेहरुका लागि एकदमै उपयोगी हुन सक्छ । प्रशिक्षकहरु पनि पत्रकारिता क्षेत्रमा लामो समय देखि काम गर्दै आउनु भएको ब्यक्तित्वहरु हुनुहुन्छ ।’

तालिममा प्रशिक्षकका रुपमा रहेका गोकुल थोकर र बाला राई आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर गरेर पत्रकारिता गरिरहेका पत्रकार हुन् । नेपालमा हुदा थोकरले नेपाल वातावरण पत्रकार समूह (नेफेज)मा पाँच बर्ष भन्दा बढि डकुमेन्ट्री निर्देशन, उत्पादन गरेका छन् । उनले त्यस अघि विभिन्न रेडियो र पत्रपत्रिकामा काम गरिसकेका छन् । हाल फोनिज कोरियाका सम्पादक छन् ।

पत्रकारितामै स्नातकोत्तर गरेकी बाला राईले भारतको नयाँ दिल्लीस्थित इण्डियन इन्स्टिच्युट अफ मासकम्युनिकेशन(IIMC)बाट सन् २०१० मा विकास पत्रकारितामा डेप्लोमा कोर्ष गरेकी छिन् । नेपालबाट सन् २००२ देखि प्रकाशनमा आएको राष्ट्रिय दैनिक पत्रिका अन्नपुर्ण पोष्टमा(२००२ -२०११) सम्म रिपोर्टरको रुपमा काम गरेकी राई विशेषगरी फिचर समाचार लेखनमा दख्खल राख्ने गर्छिन् । उनी हाल फोनिज कोरियाको प्रधान सम्पादक छिन् ।

त्यसैगरी लामो सयमदेखि दक्षिण कोरियामा रहेर पत्रकारिता गरि रहेका अर्का वरिष्ठ पत्रकार हुन् डब्बर सुब्बा । सुब्बाले कोरियामा नेपालीले भोगि रहेका दुःखसुःखलाई आफ्नो क्यामरामा कैद गरेका छन् , शब्दमा उतारेका छन् । दक्षिण कोरियामा नेपाली पत्रकार माझ छुट्टै स्थान बनाएका डम्बर सुब्बा हाल यमडब्लु टिभीमा कार्यक्रम उत्पादन गर्नुका साथै नेपाली कोरिया डट कम अनलाईनको प्रधान सम्पादक पनि हुन् ।

प्रवासमा रहेर पनि फुर्सदको समयमा पत्रकारिता गर्न रुचाउनेहरुका लागि यो आधारभूत समाचार लेखन तालिम उपयोगीमूलक रहने आयोजकले विश्वास गरेको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...