नेपाललाई विश्व बैंकले ५० अर्ब रुपैयाँ दिने
फोनिज कोरिया संवाददाता
काठमाडौं – भूकम्पपछिको पूननिर्माण र अन्य क्षेत्रमा लगानी गर्नका लागि विश्व बैंकले नेपाललाई ५० अर्ब रुपैयाँ सहयोग दिने भएको छ।
बैंकले दिने रकममध्ये २० अर्ब ग्रामीण क्षेत्रमा घर बनाउन १० अर्ब रुपैयाँ सरकारी बजेटमा र बैंकिङ प्रणालीको सुधारमा र बाँकि रकम विश्व बैंकको नेपालमा सञ्चालन भइरहेका कार्यक्रमबाट जुटाई पूननिर्माणमा लगानी गरिनेछ।
विश्व बैंक समूहका अध्यक्ष जिम योङ किमले विश्व बैंक नेपाललाई चाहिएका बेला सधैं साथमा रहेको बताए। ‘भूकम्पपछिको निर्माणका लागि हामी नेपाल सरकारसँग मिलेर काम गरिरहेको छौं’, किमले भने ‘हामी भूकम्प प्रभावित मानिसहरुको दैनिकी सहज बनाउन सम्भव भएजति सबै काम गर्नेछौं।’