अहिले प्रत्येक नेपालिको प्रतिब्यक्ती आम्दानी नै मासिक दस हजार डलर छ ।अब तपाइहरुले के गर्नु पर्यो र ? मन्द मुस्काउदै म सगै प्रतिप्रश्न गरे ।उनका कुरा सुन्दा र अगि हेरेको पत्रीकाको समाचार हेर्दा देश अहिले हरेक कुरामा आत्मनिर्भर बनेको रहेछ ।नुनदेखि सुनसम्मका खनिज पदार्थ उत्खनन गरेर निर्यात गर्दा देशलाइ मासिक खर्बौ आम्दानिको श्रोत जुट्दो रहेछ । त्यतिमात्र हैन नेपाल बैदेशिक रोजगारको त गन्तव्य नै बनिसकेको कुरा अघि नै एक जापानीज कामदारले बताइसकेको छ ।तराइका फाटहरुमा काम गर्न सबै बिदेशी कामदारहरु झिकाइएको रहेछ ।अहिले सबै खाद्य पदार्थहरु अर्गानिक मात्र प्रयोग गरिने रहेछ । यहि प्लेनमा देखिएका कतिपय बिदेशी अनुहारहरु नेपालमा काम गर्न नै हिडेका हुन् भन्ने मलाइ अब बिश्वाश लाग्न थालिसकेको थियो ।
अझ उद्योग कलकारखानाको कुरै छाडौ लाखौको सन्ख्यामा अदक्ष बिदेशी कामदारहरु उद्योग कलाकारखानामा कार्यरत छन् भन्ने कुरा पनि लगभग पक्का भैसक्यो । मनमनै गम खाए ।कम्युनिस्टहरुले अबसर पाए भने कायापलट गर्छन् भन्थे हो रछ ।सर्बहाराको मुक्ती कर्ता कम्युनिस्ट नै हुन् ।गरिबको राज्यसत्ता ल्याउने भन्थे यहि रहेछ । अब देशमा उर्जाको त कुरै छाडौ ।१० हजार मेगावाटका जलविद्युत आयोजनाहरु त दर्जनौ तयारी भैसकेछन ।त्यही जलविद्युत आयोजनाका ड्यामहरु कृतिम समुन्द्र जस्तै बनेका रहेछन् । पत्रीका हेर्दा हेर्दै समय सकिन लागिसकेछ ।
काठमाण्डौ ओर्लने समय जती नजिक हुदै गयो त्यति मुटुको चाल बढ्दै गएको थियो ।दुर्भाग्य केही घण्टा हामी उडेको प्लेन आकाशमै होल्ड भयो ।मैले सोचे आकाशमा ट्राफिक जाम भएको होला ।तर म गलत रहेछु ।एउटा ठूलो जमातले बिमानास्थलको एक छेउको खाली भागमा शान्तिपुर्न जुलुस गर्दै रहेछ ।किन के अपुग भएछ त भनेर बुझ्दा थाहा भो – देशमा लाइट पोलुशन भो रे अर्थात् राती अत्यधिक उज्यालो भएर उज्यालो प्रदुषण भयो रे ।उज्यालो घटाउनु पर्यो भन्ने सरकारसग उनिहरुको बिनम्र माग रहेछ ।
आकाशमा प्लेन होल्ड हुँदै थियो ।म कोरिया बनाउने पार्क मिन्ह हि , सिङापुर बनाउने ली क्वान यु ,चीनलाई अर्थिक दिशामा लैजाने देङ सिआओ पिङ , र नेपाललाई यस्तो बनाउने प्रचण्ड र केपि ओलिलाई सम्झेर धन्यवाद ब्यक्त गर्दै गर्दा ब्युझेछु ।ब्युझिदा म उही मजदुर थिए । म यहि कोरियामै थिए । म आफ्नै ओछ्यान मै थिए ।