छुसकमा खोटाङ सेवा समाजले हलेसी सांगीतिक सौगत गर्ने
छुसकमा खोटाङ सेवा समाजले खोटाङ हलेसी सांगीतिक सौगात भाग ४ गर्ने भएको छ । सेवा समाजले आइतबार सउलमा अन्तरक्रिया कार्यक्रम गरेर पोस्टर सार्वजनिक गरेको हो । सो कार्यक्रममा पुर्वाञ्चल क्षेत्रका १६ वटा संस्थाका प्रतिनिधिहरू उपस्थित थिए ।
खोटाङ सेवा समाजले आपतकालीन राहत कोष स्थापनार्थ कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक अमृत राईले बताए । ‘हाम्रो क्षेत्रमा शिक्षामा पहुँच नहुने धेरै विपन्न बालबालिका छन् । हाम्रो सानो सहयोगले जीवन परिवर्तन हुन सक्छ । हामी त्यही प्रयासका लागि यो कार्यक्रम गर्दैछो । सबैको साथ सहयोग हुनेमा विस्वस्त छौ ।’ उनले थपे ।
‘पुर्वाञ्चलका संघसंस्थाको सबैको सहयोग छ । अब हामीलाई दक्षिण कोरिया भरि भएका संघसंस्थाको सहयोग चाहियो । त्यसैले हामीलाई सफल बनाउँछ । खोटाङ सेवा समाजका अध्यक्ष चित्र घले गुरुङले भने । हामीसँग छुसकमा रमाइलो गराउने नेपालका चर्चित कलाकार आउँदै हुनुहुन्छ । त्यसैले यो छुसक खोटाङ हलेसी सांगीतिक सौगतको लागि छुट्याउनु होला ।’ उनले अनुरोध गरे ।
सेप्टेम्बर २४ तारिखमा हुने सउलमा हुने सांगीतिक कार्यक्रमको लागि राजेश पायल राई, अञ्जु पन्त, नृत्याङ्गना एलिशा राई, दिपा लामा, मनिता राई, र्यापर लाहुरे आशिष राना, मिना पुमा, हाँस्यकलाकार राई बुढा, पार्बहन राई, गायक भिम लिम्बु आउने छन् ।