कोरियामा सुतेकै अबस्थामा एक नेपालीको मृत्यू
दक्षिण कोरियामा सुतेकै अवस्थामा कैलालीका प्रमोद चौधरीको निधन भएको छ । छुन्छङनाम्दो उन्संगुनको बंगुर फार्ममा कार्यरत उनी तीन बर्ष अघि कोरिया आएका थिए ।
दुई जना नेपाली मात्र काम गर्ने बंगुर फार्म धेरै ठूलो नभएको संगै काम गर्ने पोखराका खगराज ढुङ्गनाले बताएका छन् । बेलुकीसँगै खाना खाएर सुतेको भए पनि विहान काममा जान समयमा नउठे पछि उठाउन खोज्दा मृत फेला परेका थिए ।
चौधरीको शब स्थानीय अस्पतालमा लगिएको र प्रारम्भिक रिपोर्टमा हर्टअट्याक भएको हुन सक्ने देखिएको थारुकल्याणकारी सभाका शिभशंकर महतो थारुले बताएका छन् । ‘हामीलाई पनि धेरै कुरा थाहा भैसकेको छैन । तर श्रमसहचारीले दिनु भएको जानकारी अनुसार हर्टअट्याक नै हुनु पर्छ भन्ने डक्टरहरुले भनेको भन्नु भाछ ।’ उनले भने ।
चौधरीको निधनका बारे परिवारलाई जानकारी गराइएको छ । उनले केही समय अघि घर बिदा गएर विवाह गरेर आएका थिए ।